•            
    • Sanu Raj Dangol

    • २१ पुष २०७८, बुधबार २०:०७

    ‘टाेखा मेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७८’ सुरु

    सानुराज डंगोल
    टाेखालाइभ डट कम/ पौष २१,२०७८

    काठमाडौं /’खेल स्वास्थ्यको लागि खेलाडी राष्ट्रको लागि ‘भन्ने मुल नारा अनुरुप टाेखा व्याडमिन्टन एकेडेमीको आयोजना तथा टाेखा नगरपालिकाको सहयोगमा आज देखि ‘टाेखा मेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७८’ सुरु भएको छ। टाेखा नगरपालिका वडा ३ स्थित टाेखा फिटनेस एन्ड रिक्रेसन सेन्टरको कभर्डहलमा पत्रकार सम्मेलन गरी आयोजकले व्याडमिन्टन प्रतियोगिताको बारेमा जानकारी गराएको छ ।

    ‘टाेखा मेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७८ ‘ को टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभयो ।

    कार्यक्रम टाेखा फिटनेस एन्ड रिक्रेसन सेन्टरका अध्यक्ष धर्मेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियोे । सेन्टरका संचालक नवीन डंगोलले स्वागत मन्तव्य राख्ने क्रममा स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

    कार्यक्रमको औपचारिक उद्घाटन गर्दै टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउदै व्याडमिन्टनमा पनि राष्ट्रिय तहमा खेलाडी उत्पादन गर्न खेलाडीको हौसलाका लागि मेयर कपको थालनी गरिएको र खेलाडीहरुको चाहना अनुसार आर्थिक सहयोग गर्दै आइरहेको बताइन् । आउँदा दिनमा सबै प्रकारका खेलाडीहरुका लागि टाेखा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत उप- प्रमुख डंगोलले व्यक्त गर्नुभयो ।

    पौष २१ देखि २४ गते सम्पन्न हुने उक्त प्रतियोगितामा ‘पुरुष डबल ‘B’, पुरुष डबल ‘C’,पुरुष डबल ‘D’, Boy’s single U-19 ( खुल्ला ) र भेट्रान्स डबल (४५ वर्ष माथि ) गरि
    ५ बिधामा १६४ जोडीले सहभागिता जनाइ प्रतिस्पर्धा गर्ने कार्यक्रममा जानकारी दिइयो।

    निरन्जन डंगोलले कार्यक्रमको उद्घोषण गर्नुभएको कार्यक्रममा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोल,टाेखा फिटनेस एन्ड रिक्रेसन सेन्टरका अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,टाेखा फिटनेस एन्ड रिक्रेसन सेन्टरका संचालक नवीन डंगोल ,डिभाइन स्कुल टाेखाका प्रीन्सिपल नारायण पन्त,राष्ट्रिय रेफी अनुपरत्न शाक्य , नेपाल प्रहरी , खेलाडी , विद्यार्थी र पत्रकार लगायतको उपस्थित रहेको थियोे ।

    टाेखा मेयर खुल्ला व्याडमिन्टन प्रतियोगितामा पुरुष डबल ‘B’ तर्फ प्रथम हुनेले ४० हजार नगद, द्वितीयले २० हजार नगद तथा तृतीय हुनेले १० हजार, पुरुष डबल ‘C’ तर्फ प्रथम हुनेले २५ हजार नगद, द्वितीयले १५हजार नगद तथा तृतीय हुनेले ८ हजार, पुरुष डबल ‘D’तर्फ प्रथम हुनेले २० हजार नगद, द्वितीयले १२ हजार नगद तथा तृतीय हुनेले ८ हजार , Boy’s single U-19 ( खुल्ला ) तर्फ प्रथम हुनेले १५ हजार नगद, द्वितीयले १० हजार नगद तथा तृतीय हुनेले ५ हजार र यसैगरी भेट्रानतर्फ प्रथमले २० हजार नगद, द्वितीयले १२ हजार नगद तथा तृतीय हुनेले ८ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ। फाेटाे सौजन्य/टाेखा फाेटाे स्टुडियो

     

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै