•            
    • TOKHA LIVE

    • १० असार २०७७, बुधबार ०६:३२

    टोखामा नगर प्रमुख र रक्षामन्त्रीको पहलमा केन्द्र सरकारबाट ८ करोड भन्दा बढिको बजेटमा टोखाका १५ मुख्य सडकहरु बन्ने।

    टाेखा लाइभ,असार १० काठमाडौं । टाेखा नगरपालिकाको पुर्वाधार विकास अन्तर्गत सडक निर्माण कार्यको लागि रक्षामन्त्री इश्वर पोखरेल र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको पहलकदमीमा १५ योजनाहरुमा रकम पार्न सफल भएका छन् ।शहरि विकास मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालय र सडक पूर्वाधार विकास कार्यक्रमबाट टोखामा १५ मुख्य सडकहरु बन्ने
    भएका छन् । चालु आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकारबाट सडक निमार्णको लागि टोखा नगरपालिकाले रकम पार्न सफल भएको छ । केन्द्र सरकारको शहरि विकास मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालय र सडक पूर्वाधार विकास कार्यक्रमबाट करिव ८ करोडभन्दा बढिको योजना पार्न सफल भएका छन् ।

    शहरि विकास मन्त्रालय अन्तर्गत परेका योजनाहरु निम्न छन् :

    १) सडक विस्तार कार्यक्रम अन्तर्गत टोखा नपा वडा नं. ३ झुलडोल मुल सडक रु १ करोड
    २) सडक विस्तार कार्यक्रम अन्तर्गत टोखा नपा वडा नं. ६ गणेश मन्दिरदेखि मनकामना मन्दिरसम्म्को सडक रु १ करोड
    ३) सडक विस्तार कार्यक्रम अन्तर्गत टोखा नपा वडा नं. २ सपनातिर्थदेखि मालुंग सडक रु ८० लाख
    ४) सडक विस्तार कार्यक्रम अन्तर्गत टोखा नपा वडा नं. ६ सुविधा ग्यासदेखि ग्राण्डी अस्पतालसम्मको सडक रु ३० लाख
    ५) सडक विस्तार कार्यक्रम अन्तर्गत टोखा नपा वडा नं. ४ भगवती मन्दिरदेखि धापासी स्कुलसम्मको सडक रु १ करोड
    ६) टोखा नपा वडा नं. ३ को नवजागृत टोलको बाटो तथा ढलको स्तरोन्नती गर्ने कार्य कच्ची सडक सुधार रु १ करोड ५० लाख
    ७) टोखा वडा नंं. ३ स्थित स्टार टाउनको खोलाको बाटो तथा ढल स्तरोन्नती गर्ने कार्य रु. १० लाख
    ८) टाखा न.पा. ६ स्थित दाहालगौंडा तिलिङटार स्कुलदेखि त्रियोग हाइस्कुल हुँदै सामाखुशी टोखा रोडमा जोड्ने सडक स्तरोन्नती रु. २० लाख
    ९) टोखा न.पा. ६ नेचल क्लव लाखेडाँडाँ ढुङ्गेधारा मंगलदेवी सडक स्तरोन्नती १० लाख
    १०) टोखा वडा नं. ६ स्थित हातिगौंडा चोकदेखि डाँफेबस्ती सडक निर्माण रु. २५ लाख
    ११) टोखा–भुतखेल–हार्मोनी हाउजींग बानियाटार जोड्ने १.३ किमी सडक स्तरोन्नती रु. १ करोड

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट परेका योजनाहरु

    १) टोखा सडकदेखि त्रियोग स्कुल–धापासी हाइटहुँदै चक्रपथ जोड्ने सडक रु. १२ लाख
    २) सामाखुशी टोखा सडक रु. १२ लाख
    ३) झोर साङ्ला काभ्रेस्थली जितपुरफेदी बोहोराटार गोलढुंगा सडक १२ लाख

    सडक पूर्वाधार विकास कार्यक्रमबाट परेका योजनाहरु

    १) टोखा बाहिरी चक्रपथ टोखा न.पा. २ र ३ स्थित टोखा गेटदेखि २ कि.मी. बाटो विस्तार

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै