•            
    • TOKHA LIVE

    • २५ मंसिर २०७८, शनिबार २१:३०

    टोखा भगवती बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/मंसिर २५ ,२०७८

    टोखा नगरपालिका वडा नं २ मा रहेको टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लि. १२औं वार्षिक साधारणसभा कार्यक्रम एक समारोह सम्पन्न भएको छ।वार्षिक साधारणसभाको प्रमुख अतिथि टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष दीपकराज जोशीले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियोे ।

    टोखा वडा नं ३ स्थित शुक्रबार बिएल भ्वय:च्छेमा लक्ष्मी नारायण महर्जन डंगोलको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, विशिष्ट अतिथिमा वडा नं ३का वडाध्यक्ष सिंह राज श्रेष्ठ, टोखा नगरपालिका सहकारी शाखाका प्रमुख कमला कार्की संस्थाका संस्थापक अध्यक्ष मनिष राज जोशी , सहकारीका पूर्व अध्यक्ष शेखर डंगोल, वडा नं २का वडासदस्य हेराकाजी महर्जन डंगोल,प्रतिमा हिङ्गमाङ्ग भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशीको उपस्थिति थिए।

    टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड कार्यक्रमका प्रमुख अतिथि टाेखा २ का वडाध्यक्ष दिपक राज जोशीले सहकारीका कामहरु जिम्मेवार पूर्वक गर्नुपर्ने तथा आफ्नो पदको ख्याल गरी कार्यहरु गरेमा संस्था सधै बलियो हुने बताए। सहकारी संस्थालाई सधैं बलियो बनाइराख्न पदमा चुनिएका पदाधिकारीहरु सबैको उत्तिनै जिम्मेवारी रहेको उहाँले बताउनुभयो।

    कार्यक्रमका सभापति लक्ष्मीनारायण महर्जन डंगोलले टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लि.१२औं वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट २०७७/२०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो।

    सहकारीको अर्थ सहकार्य।
    आर्थिक विकास र सामाजिक रुपान्तरणको लागि सहकारी भन्ने नारालाई आत्मासात गर्दै संस्थाका सदस्यहरुलाई उद्यमशील बनाउन सर्वसुलभ छिटो छरिटो सुविधा उपलब्ध गराउँदै आएको बताए।

    समाजलाई आर्थिकरुपमा प्रबल र सबल अनि सहजीकरणको लागि सहकारी सिद्धान्तको मूल्य र मान्यतालाई आत्मासाथ गर्दै सहकारी एेन २०४८को परिधिभित्र रही मिति २०६६/०४/०४ गतेका दिन विधिवत रुपमा स्थापना प्रवेश गरी विभिन्न वित्तीय कारोबार गर्दै आएको जानकारी दिनुभयो। कोभिड-१९ कोरोनाको संक्रमणीय ज्यानको रक्षार्थ सहयोग स्वरुप महामारी व्यवस्थापन कोषकोलागि टोखा नगरपालिकाको उप-प्रमुखको रहेवरमा टोखा नगरपालिकालाई २००००।- (बीस हजार) प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै आएको र शिक्षा क्षेत्रमा पनि जेहेन्दार विद्यार्थीहरूको शैक्षिक अभिवृद्धिका लागि यस संस्थाले विगत ४ वर्षदेखि लगनशिल विद्यार्थीलाई १५०००।-(पन्ध्र हजार) बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो। सहकारीको १३औं स्थापना दिवस २०७८ साउन ४ गतेका दिन टोखा नगरपालिका वडा २ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयलाई ५०,०००।-(पचास हजार) लगनशिल तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ती शिक्षा कोषको लागि नगद प्रदान गर्ने निर्णय गरेको बताए।

    आ.व ०७८/०७९ को कार्य योजना

    १.छात्रवृत्तिलाई निरन्तरता दिने।
    २.विभिन्न सामाजिक उत्तरदायित्वको निर्वाह गर्ने।
    ३.सहकारी सम्बन्धी शिक्षा तथा तालिमको व्यवस्था गर्ने।
    ४.सेवा केन्द्र संख्या विस्तार गरी तीन पुर्याउने।
    ५.रेमिट्यान्स सेवा विस्तार गर्ने।
    ६.सहकारी एकीकरणको खाका तयार गर्ने।

    कार्यक्रम भने दिपेन्द्र डंगोलले सञ्चालन गरिएको थियो। भने बन्दसत्रको कार्यक्रममा हेराकाजी महर्जन डंगोलले सञ्चालन गरेका थिए।

     

    टोखा भगवती बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभामा लक्ष्मी नारायण महर्जन डंगोलको अध्यक्षतामा सहकारीको ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको थियो ।

    निर्वाचन मण्डलको २०७८/०७/२७ गतेको बैठकमा गरिएको निर्णय अनुसार २०७८/०८/०१ गते देखि निर्वाचनको विभिन्न कार्यमा संचालन समितिले निर्विरोध चुनिएका पदका पदाधिकारीहरूको नामावली:-
    अध्यक्ष :-लक्ष्मी नारायण महर्जन डंगोल
    उपाध्यक्ष:- रविन श्रेष्ठ
    सचिव:- दिपेन्द्र डंगोल
    कोषाध्यक्ष:-सुबिन्द्र श्रेष्ठ
    सदस्य:- रमेश डंगोल
    भाई मान श्रेष्ठ
    मिना डंगोल
    युथ मर्हजन
    ममता जोशी

    लेखा सुपरिवेक्षण समिति

    संयोजक मंगल बहादुर कर्माचार्य
    सदस्य सानु काजी डंगोल
    सदस्य सुमन श्रेष्ठ

    शिक्षा उपसमिति

    संयोजकमा बाल कृष्ण श्रेष्ठ
    सदस्य लिला श्रेष्ठ
    सदस्य निरञ्जन डंगोल

    ऋण उप- समिति

    संयोजकमा युथ मर्हजन
    सदस्य राधिका श्रेष्ठ
    सदस्य प्रकाश डंगोल
    निर्विरोध रुपमा चुनिएका थिए।

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै