•            
    • Sanu Raj Dangol

    • ११ मंसिर २०७८, शनिबार २१:०४

    समृद्ध बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    टाेखालाइभ डट कम /मंसिर ११,२०७८

    काठमाडौं/समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ।

    समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिको प्रथम बार्षिक साधारण सभा आज टाेखा नगरपालिका वडा ६ मा टोखा नगरपालिका सहकारी विभाग प्रमुख कमला कार्कीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष बिजय डंगोलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि टाेखा सहकारी विभाग प्रमुख कमला कार्कीले पानसमा दिप प्रज्ज्वल गर्दै उद्घाटन गरेकी थिइन् ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष पुर्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियोे

    कार्यक्रममा सहकारी स्थापनाका क्रममा  विभिन्न माध्यमहरूबाट सहयोग तथा योगदान पुर्‍याउने विशिष्ट पदाधिकारीहरुलाई खादा ओढाइ सम्मान समेत गरिएको थियो । त्यस्तै सहकारीमा अध्यक्ष भएर सहकारीलाई यो स्थानसम्म ल्याउन महत्वपूर्ण भूमिका र योगदान पुर्‍याउने संस्था अध्यक्ष बिजय डंगोललाई पनि कार्यसमितिका पदाधिकारीहरूले सम्मान गरेका थिए ।

     

    त्यस्तै सहकारी भित्रै उत्कृष्ट बचतकर्ता कल्पना अधिकारी ,उत्कृष्ट बचतकर्ता ज्येष्ठ नागरिक मंगल दास महर्जन ,उत्कृष्ट ऋणी निर्जला तामाङलाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष बिजय डंगोलले सहकारीले वर्षभरी गरेको प्रगति विवरण तथा आगामी योजनाहरूको बारेमा उपस्थित सेयर सदस्यहरूमाझ वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियोे ।

    सञ्चालक समितिको तर्फबाट कोषाध्यक्ष विकास महर्जनले वार्षिक आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियोे ।

    कार्यक्रमका प्रमुख अतिथि टाेखा नगरपालिका सहकारी विभाग प्रमुख कमला कार्कीले सहकारीमा बचत गरिसके पछि ब्याज मात्रै अलिकति लिने नाफा लिने नगरिकन व्यक्तिको जिवनमा पनि परिवर्तन आउनुपर्नेमा जोड दिइन् । त्यसकारण
    यो सहकारीले बचत तथा ऋणलाई मात्र ध्यान नदिइ ७०प्रतिशत उत्पादन र बजारीकरणमा ध्यान दिन अनुरोध गर्दै कृषिप्रधान देश हाम्रो टाेखामा कृषिमा धेरै उत्पादन भइरहेको अवस्थामा कृषिमा उत्पादन भएका तरकारीहरु बजारसम्म लानको लागि सहकारीले भुमिका खेल्न सक्ने धारणा राखिन्।

    कार्यक्रममा विशिस्ट अतिथि टाेखा नगरपालिका ६ का वडा सदस्य शान्ता खनाल पौडेलले सहकारीले स्थापनाको छोटो समयमै बेग्लै पहिचान बनाएर धेरै शेयर सदस्य संख्याहरु बढाउन सफल भएको भन्दै समृद्ध सहकारीको भविष्य समेत नाम अनुसारकै समृद्ध बनिसकेको भन्दै प्रशंसा गर्नुभयो।

    संस्थाका सचिब योगेश डंगोलले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रममा अतिथि संस्थाका सल्लाहकार राजेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

    समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिको प्रथम बार्षिक साधारण सभाबाट आज शनिबार नयाँ पदाधिकारीहरु सर्वसम्मत रूपमा बिकाश डंगोलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ।
    सहकारीको उपाध्यक्षमा पुर्ण श्रेष्ठ , सचिवमा योगेश डंगोल , कोषाध्यक्षमा पञ्च डंगोल यसैगरी सदस्यहरुमा निरा श्रेष्ठ, ज्ञान बहादुर डंगोल,पुकार महर्जन , सानुराज डंगोल ,सुदर्शन महर्जन ,प्रमिला जोशी र नुर्पु घले रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा रोशन डंगोल , ऋण उपसमिति संयोजकमा राज कुमार महर्जन र शिक्षा उपसमितिमा इन्दु श्रेष्ठलाई चयन गरिएको छ ।

    कार्यक्रममा टोखा नगरपालिका सहकारी शाखा प्रमुख कमला कार्की, टाेखा नगरपालिका ६ का वडा सदस्य शान्ता खनाल पौडेल, संस्थाका अध्यक्ष बिजय डंगोल ,संस्थाका सल्लाहकारहरु श्यामबहादुर घर्ती , राजेन्द्र श्रेष्ठ तथा राष्ट्रसेवक नेपाल प्रहरी , सहकारीका शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै