•            
    • TOKHA LIVE

    • ५ असार २०७७, शुक्रबार ०९:३७

    होमियोप्याथिक औषधि वितरण गर्दै टाेखा सरस्वती गा.वि.स पुर्व अध्यक्ष बाबुलाल डंगोल।

    टाेखा लाइभ ,असार ५ काठमाडौं : कोरोना भाइरस विरुद्धको इम्युनिटी पावर रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धिहोस् भन्ने उदेश्यले टाेखावासीहरुलाई टाेखामा विभिन्न समाजिक गतिविधिहरु गर्दै आइरहेको बालप्रेमी खेलकुद मण्डल”र जापान काराते डाे नान्बुकाई सिताेरियाे संघ नेपाल ‘को संयुक्तरूपमा हाल कोरोना भाइरस विरुद्धको इम्युनिटी पावर रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भनिएको होमियोप्याथिक औषधि वितरण गरिरहेको छ।

    टाेखा नगरपालिका ३ नं.वडाकाे सिफारिसमा उक्त होमियोप्याथिक औषधि ‘मारवाडी सेवा समिति’ बाट ल्याएर हाल टाेखा नगरपालिका ३ नं.वडाका स्थानीय टाेखावासी र भाडामा बस्नेहरुलाई नि:शुल्क वितरण गरिएको टाेखा ‘जापान काराते डाे नान्बुकाई सिताेरियाे संघ नेपाल ‘उपत्यका हेड डाेजाेका अध्यक्ष तथा पुर्व टाेखा सरस्वती गा.वि.स अध्यक्ष बाबुलाल डंगोलले टाेखा लाइभलाई बताए। ” हिजोदेखी नि:शुल्क वितरण गरेको यो होमियोप्याथिक औषधि आजसम्म हामीले दुई सय घर परिवार गरि करिब एक हजार व्यक्तिलाइ वितरण गरिसकेका छौं। “जापान काराते डाे नान्बुकाई सिताेरियाे संघ नेपालका काेषाध्यक्ष समिर डंगोलले बताए।

    टाेखा नगरपालिका ३ नं.वडाध्यक्ष सिंहराज श्रेष्ठले हालसम्म यो होमियोप्याथिक औषधि वितरण गर्ने तिनवटा विभिन्न सामाजिक संघ संस्थालाई आफुले सिफारिस दिइसकेको टाेखा लाइभलाई बताए।

    बिस्वभरी फैलिरहेको महामारी काेभिड-19 कोरोना भाइरसबाट हालसम्म बिस्वमा ४५६२८४ व्यक्तिले ज्यान गुमाइसकेका छन् भने नेपालमा मात्रै २२ जनाको कोरोना भाइरसबाट मृत्यु भैसकेको तथ्यांक छ। यो रोगविरुद्धको हालसम्म कुनै औषधि बनेको अहिलेसम्म आधिकारिक प्रमाण भेटिएको छैन। जस्ले गर्दा बिस्वभरिका मानिसमा त्रास फैलिएको छ। जस्ले गर्दा कतिपय मानिसहरुले आत्महत्या समेत गरेका छन् । औषधि नबने सम्म यो महामारी काेभिड-19 कोरोना भाइरसबाट बच्ने भनेकै मास्क लगाउने, साबुनपानीले हात धुने ,अनावश्यक भिडभाडमा नजाने साथै ( इम्युनिटी पावर ) रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हो। यो भाइरस विरुद्धको इम्युनिटी पावर रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भनेर नेपालमा’ मारवाडी सेवा समिति’ले होमियोप्याथिक औषधि नि:शुल्क वितरण गर्दै आइरहेको छ।
    मारवाडी सेवा समितिले उक्त होमियोप्याथिक औषधि देशभरी सत्र लाख मानिसहरुले नि:शुल्क सेवन गरिसकेको बताउदै आइरहेको छ।

    औषधि सेवन गर्दा ध्यान दिनु दिनु पर्ने कुराहरू :

    १) यो होमियोप्याथिक औषधि १ गाेली जिब्रो मुनि राखेर चुस्ने।
    २) यो गाेली बिहान खाली पेटमा ३दिनसम्म लगातार खाने र त्यसपछि १गाेली हप्तामा १ चाेटी ३हप्तासम्म खाने।
    ३) होमियोप्याथिक औषधि खानु भन्दा आधा घन्टा अगाडि र पछाडी अरु कुनै चिज सेवन नगर्ने।
    ४) जुनसुकै लिङ्ग र उमेर समुह लगायत बृद्धबृदा,गर्भवती ,सुत्केरी आमा र भर्खर जन्मेको बच्चाले पनि खान सक्ने छ।
    ५)प्रत्येक घाम र ओसिलोबाट होमियोप्याथिक औषधलाई बचाउनु पर्छ ।
    ६) अन्य रोगहरुको औषधि सेवन गरिरहेका व्यक्तिहरुले पनि आधा घन्टा फरक पारेर यो औषधि सेवन गर्न सक्ने छन् ।
    ७) यो औषधिहरुको कुनै साइड इफेक्ट नभएकोले सेवन गर्न अत्यन्त सुरक्षित छ।
    ८) यो औषधिलाई हातले नछोइ सिधै विर्कोबाट सेवन गर्ने।
    ९) कफी , कपुर र मेन्थोलले औषधिहरुलाई Universal antidote गर्ने भएकोले उक्त चिजहरु सेवन नगर्ने र नसुध्ने।
    १०) यो औषधि मारवाडी सेवा समिति नेपालबाट नि:शुल्क प्राप्त भएको हो।

    Exif_JPEG_420
    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै