•            
    • Hikmat Dangol

    • २३ आश्विन २०७८, शनिबार १३:०६

    भगवती क्लबको चियापान समारोह , भख्यमा स्टुडियम बनाउने प्रस्ताव

    टोखा लाइभ ।२३ आश्विन २०७८

    भगवती क्लबको आयोजनामा दशै,न्हुँ दँया भिन्तुना,तिहार तथा छठ पर्वको अवसरमा शनिवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

    हरेक वर्ष झै यस वर्ष पनि भगवती क्लवले नवरात्रीको तेस्रो दिन दशै शुक्ल तृतीया का दिन चियापान कार्यक्रम आयोजना गरेको हो ।

    भगवती क्लबका अध्यक्ष इन्द्र राज जोशीको अध्यक्षता एव टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सिंह राज श्रेष्ठले यस वर्ष दशैमा कुनैपनि अप्रिय घटना दुर्घटना नभएको भन्दै टोखामा शान्ति सुव्यवस्था कायम गर्न आफुलागेको बताए ।

    उनले सम्भावित घटनालाई मध्यनजरगदै पर्वहरुमा सुरक्षा सतर्कता बढाएको बताए । साथै टोखा संस्कृति समितिको अध्यक्ष गणेशमान श्रेष्ठले दशै जस्तै आउदै गरेका चार्डपर्वहरुमा पनि टोखामा युवा पुस्ताको अहिले पहिचान भनेकै बाइक भएछ। २/४ आना बेच्यो नयॉ बाइक किन्यो। उनीहरूले अंगालेको नसाले जीवनसम्म गएको, घरबार बिग्रेको, सम्पति सक्केको छ! युवा पुस्ता नसामा लट्ठ भएपछि समाज पनि बिग्रेको छ। यसमा शान्ति सुरक्षा कायम राख्न भगवती क्लब लागि पर्ने दावि गरे । उनले युवा पुस्ताले गर्ने कुकर्म नियण्त्रणका लागि पनि सहयोग पु¥याउन भगवती कालबलाई अनुरोध समेत गरे ।

    नेपाली कांग्रेस टोखा नपा वडा नं २ को वडा ईकाई सभापति हिराकाजी महर्जनले यस किसिमको चियापान कार्यक्रमले टोखा मा शान्ति र सहयात्रामा सबैलाई एउटै मार्गमा हिडाउन सहयोग पु¥याएको चर्चा गर्दै हाम्रा चाडपर्व, धर्म र संस्कृतिले टाढिएका मनलाई नजिक र आपसी सु–सम्वन्ध विस्तार गर्न सहयोग पु¥याएको बताउनुभयो ।

    कार्यक्रममा भगवती क्लबको पूर्व अध्यक्ष मनिष जोशीले स्थापना काल देखि नै संघर्ष गर्दे आईरहेको हुँदा भगवती क्लबले जेहेनदार विधार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नु को साथै अहिले राष्ट्रीय स्तरका खेलाडीहरूलाई समेत प्लेटफ़र्म दिएको चर्चा गर्नु भयो। साथै भगवती क्लबले कोभिड को समयमा पनि शान्ति सुरक्षा काम गर्न सहयोग पु¥याएको भन्दै सम्पुर्ण टोखा वासीहरुलाई धन्यबाद समेत दिए ।

    सो अवसरमा समिर श्रेष्ठ र लक्ष्मी नारायणले भगवती क्लबलाई गरेको आर्थिक सहयोगले क्लवको भित्री स्वरूपलाई परिवर्तन गरेका हुँदा क्लबले यी दुईलाई सम्मान गरेका थिए ।

    त्यस्तैं, भगवती क्लबको अध्यक्ष ईन्द्रराज जोशीले टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठलाई वहॉको कार्यकाल अब सकिन लागेको हुँदा भख्य चौरलाई एन्फा मार्फ़त फुटबल स्टुडियम बनाउन सहकार्य गर्न समेत वडा अध्यक्षलाई अनुरोध गरेका थिए ।

    कार्यक्रममा टोखा नेवा गुठीका अध्यक्ष रमेश नापित, टोखा प्रहरी प्रभागका प्रमुख चक्र पुजारा लगाएतको आतिथ्यता रहेको थियो ।

    भगवती क्लबका वरिष्ठ उपाध्यक्ष हरि भक्त को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन क्वलका महासचिव दीपेन्द्र डंगोलले गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै