•            
    • Hikmat Dangol

    • २१ आश्विन २०७८, बिहीबार १९:५४

    टोखा जनहित बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न

    टोखालाइभ डट कम ।२०७८ असोज २१ गते ।

    टोखा नगरपालिका वडा नं ३ बाल प्रेमी खेलकुद मण्डल स्थित टोखा जनहित बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ ।टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमको उट्घाटन गर्दै सहकारीलाई उत्पादन पुँजीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने बताउनु भएको छ।उहाँले यदी सहकारी चलाउने हो भने समाजका सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    टोखा जनहित बचत तथा ऋण सहकारीका अध्यक्ष रमेश डंगोलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दिनेशमानले आ.व. २०७७ / ०७८ को आर्थिक प्रतिवेदन र लेखासमिति संयोजक आशा बहादुर डंगोल ले आ.व.२०७७ / ०७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    ऋण उप समितिका संयोजक नन्दलाल श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दे लगानी अनुरुपको उदाहरण संगै महत्त्वपूर्ण कार्ययोजनाका साथ सहकारी अगाडि बढ्न सकेमात्र सफल भइने बताउनु भएको छ ।

    यस्तै अतिथि कमला कार्कीले शुभ कामना मन्तव्य दिदैं एक ब्यक्ति एक सहकारी, सहकारीबाट लगेको रकम उत्पादनमुलक हुनुपर्ने, संस्थाको महत्वाकांक्षी लक्ष्य भएको, सहकारीको मर्म अनुरुप अगाडि बढ्नुपर्ने लगायतका सुझाव राख्नु भएको थियो ।

    आज भएको कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्नेहरूमा नारायण डंगोल, लीला मैया डंगोल, श्रीया मानन्धर ,मीना श्रेष्ठ संगै ब्याचलरमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यमा सुरेश महर्जन, रवि डंगोल , सुस्मिता डंगोल, नविना डंगोल र सन्जय श्रेष्ठ लाई सम्मान गरिएको छ ।

    कार्यक्रममा टोखा नगरपालिका उप मेयर ज्ञानमाया डंगोल, वडा नं १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, वडा नं ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    टोखा जनहित बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष रमेश डंगोल को अध्यक्षता, संस्थाका सचिव रोशन श्रेष्ठको सञ्चालनमा उक्त कार्यक्रम सम्पन भएको हो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै