२०७७ असार ३, बुधवार ।
टोखा लाइभ – चीनको नाग्छु नगरपालिका बाट सहयोग स्वरुप आएका मेडिकल सामग्री वडालाई हस्तान्तरण गरिएको छ।टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सहयोग स्वास्थ्य सामग्री टोखाका विभिन्न वडा अध्यक्षलाई हस्तान्तरण गरेका हुन्।
पहिलो चरणमा चिनको नाग्छु नगरपालिका संग भगिनी सम्बन्ध स्थापित गर्ने हेतुले टोखा नगरपालिकाको टोलीले गत जेष्ठ महिनामा पहिले तातोपानी नाकामा पुगेर स्वास्थ्य सहयोग सामाग्री ग्रहण गरेको थियो।
टोखा नगरपालिकाले पाएका मेडिकल सहयोगमा चीनको नाग्छु नगरपालिकाबाट प्राप्त सहयोग धेरै नै छ।
चीनको नोग्छु नगरपालिकाले ठूलो मालवाहक ट्रक तातोपानी नाकाबाट शनिवार उक्त सहयोग ल्याएको हो।
नाग्छु नगरपालिकाले कति दिए?
चीनको नाग्छु नगरपालिकाले नेपालालई एन–९५ मास्क २ हजार, डिस्पोजेबल सर्जिकल मास्क २४ हजार, डिस्पोजेबल मास्क २० हजार, ग्लोब्स ५ सय, इन्फ्रारेड थर्मोमिटर १०० थान, पोटेक्टिभ क्लोथ ५ सय ३० र एक थान पोर्टेबल भ्यान्टिलेर लगायत विभिन्न मेडिकल सामग्री दिएका छन् ।
टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी , उपप्रमुख ज्ञान माया डंगोल ,प्रमुख प्रसाशकीय अधिकृत प्रदिप पौडेल ,टोखाका वडा अध्यक्षहरु लगायतको उपस्थितिमा टोखाका ११ वटै वडाहरुलाई सो सामाग्री हस्तांतरण गरिएको थियो।