• TOKHA LIVE

  • २९ भाद्र २०७८, मंगलवार २३:३४

सपना तिर्थ बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

नविना श्रेष्ठ
टाेखालाइभ संवाददाता /भाद्र २९,२०७८

काठमाडौ टोखा नगरपालिका वडा नं २ टोखा सपनतीर्थ बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा आयोजना एक कार्यक्रम हिजो सम्पन्न भएको छ।भाद्र २८ गते टोखाको बिएल भ्वय:च्छे मा आयोजित एक कार्यक्रम गरी मनाइएका छन्।

विश्वराज श्रेष्ठको सभापतिमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सिंह राज श्रेष्ठ, विशिष्ट अतिथि टोखा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपकराज जोशी बाट संयुक्तरुपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन सु-सम्पन्न गरेका थिए।

विशेष अतिथि वडा २ का अध्यक्ष दीपक राज जोशीले १५ औं बार्षिक साधारणसभा मनाउन सफल भएकोमा सपनतीर्थ सहकारीलाई शुभकामना तथा बधाई दिएका छन्। आफ्नो कार्यकाल धेरै समय नरहेको र अब वैशाख सम्म चुनाव भयो भने पनि नयाँ कार्यकालले यसरी नै सहकारीलाई साथ र सहयोग गरिनेछ भन्ने विश्वास व्यक्त गरेका छन्। सपनातिर्थ सहकारीमा नयाँ प्रतिनिधिहरु चयन भएकोमा तथा अध्यक्ष राजु श्रेष्ठको टिममा आएका व्यक्तिहरुलाई शुभकामना दिएका छन्। ५१८ जना एउटै संस्थामा रहेको र संस्थालाई विश्वास गरेको देख्दा आफू खुसी रहेको बताए। शिक्षामा हेर्दा ओएसिस पब्लिक स्कूलबाट SEE मा उत्कृष्ट नतिजा ल्याई पास भएका विद्यार्थीहरुलाई स-सम्मान गरिएकोमा सहकारी टिमलाई धन्यवाद दिदै ओएसिस पब्लिक स्कुलमा अध्ययनरत जेहेन्दार विद्यार्थी आर्थिकले समस्या भएको विद्यार्थीलाई वडाबाट छात्रवृत्तिको  व्यवस्था गर्न आफू पनि साथ दिने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि सिंह राज श्रेष्ठले जतिपनि सहकारीहरु छन् तीमध्ये सपनतीर्थ सहकारी जहिले पनि आफ्नो इमान्दारका साथ ग्राहकहरुलाई सुविधा दिँदै आएको हामी देख्न सक्छौं। कुनै पनि सहकारीले जथाभावी पैसा उठाउने ग्राहकलाई दुःख दिने काम कहिले पनि नगर्न आग्रह गरेका छन्। अरु सहकारी भन्दा सपनतीर्थ सहकारी एक नम्बरमा पर्न सफल भएको छ। त्यसैले त १५ औं वार्षिक साधारणसभा मनाउन सफल भएको सपना तिर्थ बहुउद्देश्य सहकारीलाई शुभकामना तथा बधाई दिएका छन्। ५१८ जना मानिसलाई एउटै संस्थामा अटाउन सकेकोमा खुसी रहेको बताए।

 

कार्यक्रमका सभापति विश्वराज श्रेष्ठले सपनातीर्थ बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभाको उपलक्ष्यमा पाल्नुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा संचालन समिति विभिन्न समिति उपसमितिका पदाधिकारी सदस्यहरु सल्लाहकारहरु कर्मचारी एवं उपस्थित सबै आदरणिय शेयर सदस्यहरुमा व्यक्तिगत र संस्थाको तर्फबाट अभिबादन गरेका थिए। सपनतीर्थ बहुउद्देश्यिय सहकारीले २०७४ सालमा राष्ट्रिय सहकारी बैंकको १४ औं वार्षिक साधारण सभामा सपनतीर्थ सहकारी संस्थालाई सपना तिर्थ सहकारी संस्थालाई प्रदेश ३ नं का सम्पूर्ण १३ जिल्लाकै उत्कृष्ट बहुउद्देशिय सहकारी भनेर सपना तिर्थ सहकारीले सम्मान पाएको र ६४ औं सहकारी दिवसको उपलक्ष्यमा टोखा नगरपालिका काठमाडौंद्वारा आयोजित कार्यक्रममा यस सहकारी संस्थालाई टोखा नगरपालिका भित्र सञ्चालित सरकारी संस्थाहरु मध्ये सबैभन्दा बढी कर तिर्ने सहकारी संस्था भनेर गरिएको सार्वजनिक कुरा जानकारी गराएका थिए।
२०५१ सालमा ओएसिस पब्लिक स्कुललाई सहकारीले दिएका साथसहयोग सँग सहकारी अगाडि बढ्न सफल भएको तथा विद्यालयले पनि धेरै राम्रो नतिजा पाएको बताउनुभयो। सहकारी संस्था २०६३ साल भाद्र २८ गते २८ जना शेयर सदस्यको जनही रु १० हजारको शेयरले २,८०,०००।- दुई लाख असि हजारको शेयर पुर्जी बाट सुरुभएको संस्था आज शेयर सदस्य मानभावहरु ५१८ जना पुगिसक्नु भएको बताए। सम्मान लगानीका आधारमा प्रत्येक सदस्यबाट रु २००,०००।- दुई लाख मात्रको रकमबाट संस्थाको कुल शेयरपुंजी रु १० करोड ३६ लाख पुगिसकेको जानकारी दिनुभयो। अझैपनि सपनातीर्थ सहकारी सेवा क्षेत्रमा थुप्रै मानिसहरुले संस्थासँग आवद्ध हुन इच्छुक हुनुहुन्छ। त्यसैले १५ औं बर्षको विगत कार्यावधिमा आर्थिक रूपले मात्रै फड्को मारेका छैनौं सहकारी अत्यन्तै  लोकप्रियता पनि हासिल गरेको बताउनुभयो।

विश्वव्यापी विश्वव्यापी कोभिड-१९ को महामारीबाट तथा लामो समय लगाउनु र निषेधाज्ञाको अवस्थाले सबै क्षेत्र नराम्ररी प्रभावकारी भए सँगै व्यापार व्यवसाय र उत्पादन सेक्टर प्रभावित हुँदा अर्थतन्त्र नै संकुचित हुनपुगेको छ। यस्तो विषम परिस्थितिमा पनि सहकारीका शेयर सदस्यहरु तथा सेवा क्षेत्रलाई सेवा पुर्याउने कुरामा कुनै कमी आउन नदिएको बताए।
सहकारीले घरेलु र कुटिर उद्योगमा लगानी प्रवर्द्धन गरी क्षेत्रलाई आर्थिक क्रान्तिको बनाउन प्रतिबद्धता रहेको बताए।विभिन्न किसिमका क्षेत्र पुँजी लगानी, कच्चा पदार्थ, आवश्यक सीप, कानूनी व्यवस्था र चाहिने जनशक्ति बारे समुदायलाई आवश्यक तालिम र अभिमुखिकरण कार्यक्रम संचालन गर्ने संस्थाको योजना रहेको जानकारी दिनुभयो। गतवर्ष नै संस्थाका समिति उप-समितिहरमा निर्वाचनद्वारा नयाँ नेतृत्व चयन हुन पर्दथ्यो तर कोभिड-१९ महामारीको प्रकोपमा भर्चुअल विधिद्वारा १४औं वार्षिक साधारणसभा आयोजना गरी विद्यमान समितिहरूको एकवर्ष पदावधि थप्ने बाध्यता आएको जानकारी दिनुभयो। त्यसैले यस पन्ध्रौ औं बार्षिक साधारणसभा बाट सम्पन्न गर्नेगरी निर्वाचन कार्यतालिका कार्यक्रम बनेर सो अनुसारका तयारी अघि बढेको बताए।

गत वर्ष सम्पन्न र चालु आ.ब.मा लक्षित मुख्य योजनाहरु
१. रक्तदान कार्यक्रम संचालन
२०७७/११/०८ गतेका दिन स्थानीय टोखा बजार मा रक्तदान कार्यक्रम आयोजना गरियो। रक्तदान कार्यक्रम निरन्तर गर्ने लक्ष्य रहेको बताए।
२. पौष्टिक आहार वितरण
कोभिड-१९ कोरोना भाइरस संक्रमित संस्थाका शेयर सदस्यहरुलाई राहात हिसाबले पौष्टिक आहारको प्याकेज घर घर पुर्याएर सहयोग गरेको।

३. छात्रवृत्तिमा अध्ययनको अवसर दिने
स्थानीय क्षेत्रका जेहेन्दार र विपन्न अवस्थाका छात्र छात्राहरुलाईनिश्चित आधारमा मापदण्डका आधारमा प्रत्येक कक्षाका लागि छात्र १ र छात्रा १ गरी दुई जनाको दरले छात्रवृत्तिका लागि छनौट गरी संस्थाले विद्यालय ओएसिस पब्लिक एकेडेमीमा निःशुल्क अध्ययनको अवसर दिने।

४. जग्गा खरिद तथा नामसारि
विगतको बार्षिक साधारण सभाको निर्णय बमोजिम संस्थाको प्रयोजनको निम्ति खरिद्र भएका तपसिल बमोजिमका किता जग्गाहरु संस्थाकै नाममा स्वामित्व कायम हुने रजिष्ट्राशन पारित गरिलिने काम सम्पन्न गरियो।

५. शोक प्रस्ताव पारित
संस्थाका शेयर सदस्यहरु टोखा नगरपालिका वडा नं ३ चागल बस्ने पूर्ण डंगोल, धनकुमारी डंगोल, असमयिक निधनमा संस्थाले दुबै मृतात्माको चीर शान्तिको कामना र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाको सञ्चालक मितिको नीतिगत निर्णय अनुसार निजका हकवालालाई .रु ५० हजारको राहत सहयोग गरियो।

६. खर्च रकम को अनुमोदन
संस्थाको संस्थागत निर्णयबाट निम्न कार्यक्रमका बिल भरपाई बमोजिमका तपसिल खर्च रकम हरुलाई सदर अनुमोदन गर्ने ,
७. पुरस्कृत गर्ने
८. सेवा केन्द्र स्थापना
९. शेयर प्रमाणपत्र वितरण
१०. रेमिटान्स सेवा थप

कार्यक्रममा नयाँ कार्य समितिहरूको नाम शिक्षक बाबुराम भण्डारीले घोषित गर्नु भएको थियो। नयाँ कार्यसमितिका
अध्यक्ष. राजु श्रेष्ठ
उपाध्यक्ष. कृष्ण वहादुर श्रेष्ठ
सचिव. बलराम दुलाल
सह-सचिव. श्यामलाल महर्जन
कोषाध्यक्ष. लक्ष्मी श्रेष्ठ
सदस्यहरु. बाल कृष्ण श्रेष्ठ, सुमित्रा श्रेष्ठ,अस्त नारायण श्रेष्ठ,कमल श्रेष्ठ,हरिभक्त श्रेष्ठ र सरोज डंगोल गरी ११ जना कार्यसमिति गठन गरिएकोको छ।
लेखा समितिमा संयोजक. मोहनमान श्रेष्ठ
सदस्य. राजिव श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ रहेका छन् भने शिक्षा उप समिति संयोजक. असोक श्रेष्ठ
सदस्य.सगिंता भण्डारी, मिना नेपाल लगायतको समिति घोषित गरेको थियो।

Facebook Comments

सम्बन्धित खवर

झोरका विधार्थीलाई झोला वितरण

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै