• TOKHA LIVE

  • २९ भाद्र २०७८, मंगलवार ०७:५६

सामाजिक सञ्जालमा अश्लिल भिडियो पोष्ट गर्ने टोखा धनेश्वरका एक जना पक्राउ

टाेखालाइभ/भाद्र २९।

सामाजिक सञ्जालमा अश्लिल फोटो, भिडियो पोष्ट गरेको आरोपमा एक युवा प्रक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार दोलखा बैतेश्वर ८ स्थायी घर भएका हाल, टोखा धनेश्वर बस्ने २३ वर्षीया सुजन जिरेललाई पाँचखालबाट पक्राउ गरिएको हो।

जिरेलले प्रेमीकासँग विवाद गरेर उनको मोबाइल खोसेर मोबाइलमा रहेको फोटो र भिडियो फेसबुक, इन्ट्राग्राम जस्ता सोसल साइटमा अपलोड गरेको थिए।प्रेम सम्बन्धमा हुँदा उनीहरुले एक अर्काको आइडी पासवर्ड पनि शेयर गर्ने गरेका थिए। यसको फाइदा उठाउँदै जिरेलले प्रेमीकाकै आइडीबाट अश्लिल भिडियो र फोटो अपलोड गरेका थिए।
महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार काठमाडौंमा बस्ने जिरेलकी प्रेमीकाले आइतबार महाशाखामा उजुरी दिएकी थिइन्।

काभ्रेको पाँचखालमा लुकी बसेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले जिरेललाई प्रक्राउ गरेको हो। उनलाई विद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments

सम्बन्धित खवर

झोरका विधार्थीलाई झोला वितरण

सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै