•            
    • Hikmat Dangol

    • ६ श्रावण २०७८, बुधबार १९:१५

    यस कारण काँग्रेसको काठमाडौँ क्षेत्र नं-५ को सभापतिमा मनिष जोशीको दावी :

    टोखा लाइभ । २०७८ साउन ६ गते।

    काठमाडौं क्षेत्र नं ५ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि अहिले तीव्ररूपमा चलिरहेको छ । महाअधिवेशन नजिकिन लाग्दा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशनकेन्द्रित हुन थालेका छन् । काठमाडौं क्षेत्र नं ५ मा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा पनि गहन छलफल गरिरहेका छन।

    त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं.५ को समितिको सभापतिमा हालका मनोनित मनिष जोशीले दावी गरेका छन। नेपाली कांग्रेसलाई चलायमान बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै जोशीले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढीरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले क्षेत्रिय सभापतिको दावी गरेको बताएका छन। उनले आफूले युवापुस्ताको आवाज बोक्दै अग्रजहरुलाई सम्मान दिएर कार्य गर्ने बताउछन ।

    यस्तो अवस्थामा संगठनको प्रत्येक संरचनामा जनताको मन जित्न सक्ने, हरेक समस्यामा जुध्न सक्ने, प्रतिस्पर्धी पार्टीहरूसँग सबै विषयबाट मुकाबिला गर्न सक्ने अब्बल युवा नेतृत्व हुनुपर्नेमा अधिकांश कार्यक्रताहरुको माग रहेको छ ।

    नेपाल लोकतान्त्रिक खेलकुदका सचिव समेत रहिसकेका नेपाली काँग्रेस क्षेत्र नं ५ का सभापति मनिष जोशीको परिचय यतीमा मात्रै सीमित हुँदैन । गहन रूपमा नियाल्ने हो भने सहजै देख्न सकिन्छ उनको झॉगिएको व्यक्तित्व ।

    विनाशकारी भूकम्पमा मनिषको नेतृत्व:

    २०७२ सालमा आएको विनाशकारी भूकम्पमा व्यक्तिगत र गजराज ट्रस्ट मार्फ़त उनले गरेको योगदान र विपद् व्यवस्थापनको संयोजकका रूपमा टोखा र काठमाडौँका विभिन्न स्थानहरू मात्रै नभई नुवाकोटका विभिन्न स्थानहरूमा विपदव्यवस्थापनका लागि सञ्चालन गरेको राहत वितरणको सिलसिलामा वितरण गरिएको पाल, त्रिपाल र औषधि जन्य कार्यले सिङ्गो नेपाली काँग्रेसको शिर उँचो राख्न सफल भएका थिए । त्यस कारण जो कोहीले सहजै देख्न सक्छ कि मनिष जोशी समाज सेवा तथा आफ्नो कर्तव्य पुरा गर्न हरदम दिलोज्यान लागि पर्छ ।

    मठ- मन्दिर सरसफाई अभियान:

    काठमांडौं नगरपालिका भित्र पर्ने धार्मिक स्थल तथा शक्ति पीठ मठ- मन्दिरहरूमा बुढानिलकण्ठ , मैतीदेवी र नक्सालको मन्दिरमा २०७६ मा मनिष जोशी कै अगुवाईमा सफाई कार्यको शुभारम्भ गरिएको थियो । ऐतिहासिक, पौराणिक तथा गौरवमय धार्मिक स्थल मंदिर प्रागनको बृहत सर–सफाई तथा जिर्नोधारको कार्यक्रम सुरूवात गरिएको अभियानी सरसफाई कार्यक्रममा उपस्थित समाजसेवीहरूको सर्वसम्मतिवाट मन्दिर तथा उक्त स्थलमा रहेको बट बृक्ष(देव बृक्ष÷बर बृक्ष) को चौतारा निर्माण, बिभिन्न प्रकारका फूल, बिरूवा रोपन, नियमित ब्यायाम गर्ने स्थलको निर्माण तथा श्रद्धालुहरु नुहाउने पोखरी समेतको सौन्दर्यीकरण झल्किने गरी सर सफ़ाई कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गरिएको थियो। यस्ता सुन्दर ऐतिहासिक धरोहर मन्दिर स्थलको संरक्षण विकासमा सवैको ध्यान जानुपर्ने मनिष जोशीको माग छ ।

    यसरी मनिष जोशीले काठमाडौँको पुरातात्त्विक सम्पत्तिहरूको संरक्षण र यसको संवद्धनका लागि भन्दै सुरुवात गरेको सम्पदा अभियान सम्भवत : नेपालको एक उदाहरणीय कार्यमा स्मरण गरिन्छ । प्रत्येक शनिवार मठ, मन्दिर, सरसफाइ, संरक्षण र त्यसका लागि आवश्यकता अनुसार स्थानीयको समेत सहभागितामा जीर्णोद्धार गर्ने कार्य निकै प्रशंसा योग्य रहेको थियो ।

    कोभिड -१९ अभियान :

    कोभिड -१९ संक्रमण कालमा खान नपाएर छटपटाई रहनु भएका विभिन्न निमुखा जनताहरूलाई घर दैलोमा पुगी चामल, हेन्ड सेनिटाईजर र मास्क वितरण गर्दे अक्सिजन अभावका कारण कैयौँ बिरामीहरूले ज्यान गुमाइरहेका अवस्थामा पनि चण्डेश्वरी अस्पतालमा अक्सिजन सिलिन्डरको व्यवस्था गरी धेरै बिरामीहरूको ज्यान बचाएका थिए। यसरी सम्पदा अभियानको थकाई मार्न नपाउँदै कोभिड संक्रमणका विरुद्ध काठमाडौँमा विभिन्न ठाउँमा अभियानको सुरुवात गर्दे आफ्नो समाजसेवा प्रतिको लगावलाई निरन्तरता दिइरहेका छन् ।

    खेलकुद र शिक्षा मार्फत सक्रियता :

    मार्सल आर्ट्स खेलका कुशल खेलाडी हुँदै फुटबल र म्याराथुनमा अन्तर्राष्ट्रिय पहिचान बनाएका मनिष जोशी काठमाडौँ भित्रका परिचित खेलाडी तथा खेलकर्मी हुन ।उनले नेपालको तर्फ बाट विभिन्न अन्तर्राष्टिय भेट्रान खेलाडी भई सहभागिता जनाई सकेका छन्।

    मनिषले हरेक वर्ष शिक्षा क्षेत्रमा पनि जेहेन्दार विधार्थीलाई छात्रवृति प्रदान गर्दे आईरहेका छन , साथै असल किसानलाई बाख्रा वितरण गर्दे कृषकहरूलाई बाख्राको खोर निर्माण, औषधी, घाँस, किसानलाई तालिम, उन्नत बोकाको व्यवस्था, बन्ध्याकरण र उत्पादित बाख्राको बजारका लागि किसानलाई सघाएको थियो।

    जनआन्दोलनका घाइतेलाई आर्थिक सहयोग:

    मनिष जोशीले दोस्रो जनआन्दोलन २०६२/०६३ मा घाइते भएकाहरूलाई गजराज जोशी ट्रष्ट मार्फ़त आर्थिक सहयोग पनि गरेका छन् ।

    गजराज ट्रष्टका अध्यक्ष मनिष जोशीले गएको जेष्ठ महिनामा आफ्नो छोरा बिजय जोशीको जन्मदिनको अवसर पारेर जनआन्दोलनमा घाइतेभएका घाइतेहरूलागि तीस हजार रूपैयाँको चेक जनआन्दोलनका क्रममा घाइतेभएका नन्दप्रसाद रुपाखेती र अशिस नेपाललाई हस्तान्तरण गरेका थिए ।

    देश र जनताको हितका लागि देशमा लोकतन्त्र स्थापनाथ आन्दोलनमा होमिएका योद्धाहरूको वर्तमान अवस्थामा निकै नै दयनीय अवस्था रहेको छ । त्यसमाथि यो कोभिड -१९ को महामारी र निषेधाज्ञाको समयमा जीवन यापन गर्न मुस्किल भैरहेको समयमा उहाँको त्यागको सम्मान गर्दै मनिष जोशीले आर्थिक सहयोग गरिएको थियो।

    यसरी सामाजिक रूपमा उल्लेख्य काम गरिरहेका मनिष जोशी देशकै पुरानो पार्टी नेपाली कांग्रेसको क्षेत्रिय सभापतिमा उम्मेदवारी दिनु स्वाभाविक छ । जनतासँग गहिरो सम्बन्ध, पार्टीका साथीहरूसँग मित्रवत् व्यवहार, पार्टी र देशप्रति पूर्ण वफादार मनिष जोशी नेतृत्वको आवश्यकता पक्कै पनि पार्टीलाई छ । उनीसँग पार्टी भित्र सबैलाई मिलाएर लैजान सक्ने क्षमता देखिन्छ । त्यसैले पनि काँग्रेसको काठमाडौँ क्षेत्र नं-५ को सभापतिमा उनको सम्भावना दावी मजबुत रहेको देखिन्छ ।

    Facebook Comments

  • सम्बन्धित खवर

    चुनौती दिईरहेछ , टोखाको मैजु हिटी

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै