•            
    • Sanu Raj Dangol

    • ३ असार २०७८, बिहीबार १८:५८

    टोखा नगरपालिकामा संक्रमितको अवस्था न्युन ,थप ३२ जना निको:-

     

    टाेखालाइभ डट कम/ असार ३,२०७८

    टोखा नगरपालिकामा संक्रमितको अवस्था न्युन संख्यामा पुगेको छ।नगरपालिकाको पछिल्लो २४ घन्टाको दैनिक रिपोर्ट अनुसार थप ३२ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ३७९ रहेको छ।
    टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या ३३४१ जना र पुरूष संख्या ४०२८ जना गरि ७३६९ जना संक्रमित रहेकोमा निको भएको संख्या ६९६८ जना पुगेको छ।

    टाेखा नगरपालिका मा हरेक हप्ताको आइतबार वडा २, मंगलबार वडा ११ र शुक्रबार वडा ५ संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार हिजो असार २ गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या ८४ र पुरूष संख्या ८६ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या ६ र पुरूष संख्या ६ जना र अन्य महिला १०३ र पुरुष ९४ गरि जम्मा ३७९ जना सक्रिय संक्रमित रहेको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको हिजो असार २ गते संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा ८ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा ७६ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा ६२ जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा ३८ जना र वर्ष ६० देखि माथि ५९ जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।

    संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७९० जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म २२१३ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ५७० जना पुगेको टाेखा नगर स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनु भयो।

    टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ जनाको मृत्यु भैसकेको छ ।टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा ६ जना संक्रमितको उपचारत रहेको छ।
    टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रबाट निको भएर डिस्चार्ज भएका, रेफर गरिएका र घरमै आइसोलेसनमा पठाईएको संख्या ५४ जना रहेको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले बताइन् ।

    Facebook Comments

  • सम्बन्धित खवर

    चुनौती दिईरहेछ , टोखाको मैजु हिटी

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै