•            
    • Sanu Raj Dangol

    • २२ जेष्ठ २०७८, शनिबार २१:५८

    टोखा वडा नं २को इट्टा र ढुंगाको लिलामी सम्बन्धि ३ दिने  सार्वजनिक सुचना

    टाेखालाइभ/जेठ २२ , काठमाडौं

    टोखा नगरपालिका वडा नं २ले इट्टा र ढुंगाको लिलामी समबन्धि ३ दिने  सार्वजनिक सुचना जारी गर्दै वडा अध्यक्ष दिपक राज जोशीले   ऐतिहासिक तथा सांस्कृतिक नगरी टोखा नगरपालिका वडा नं २ स्थित तलेजु परिसरको १६७ फिट लम्बाई र ६ फिट उचाइको कम्पाउण्ड वाल भत्काई पुननिर्माण गर्नु पर्ने भएको हुँदा उक्त वालमा प्रयोग गरिएको इट्टा र ढुंगाको बोल कबोल द्वारा लिलामी गरि आएको रकम तलेजु क्वाखल टोल विकास संस्थाको खातामा जम्मा गरि उक्त मन्दिरको पुननिर्माणमा खर्च गरिने सूचनामा उल्लेख छ । यहि २०७८ साल जेठ २३ गते आइतबार दिउसो १ बजे टोखा नगरपालिका वडा नं २ तलेजु परिसरमा लिलामी प्रक्रिया अगाडी बढाइने भएको हुँदा सो लिलामी प्रक्रियामा उपस्थित भई इट्टा र ढुंगाको बोल कबोल गर्न हुनको लागि टोखा नगरपालिका वडा नं २ ले सर्वसाधारणलाइ सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

     

    Facebook Comments

  • सम्बन्धित खवर

    चुनौती दिईरहेछ , टोखाको मैजु हिटी

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै