•            
    • Sanu Raj Dangol

    • २२ जेष्ठ २०७८, शनिबार २१:२९

    टोखा नगरपालिकामा सक्रिय संक्रमित ५३५ जना ,थप ३४ जना निको र ४२को डिस्चार्ज :-

     

    टाेखालाइभ डट कम / जेठ २२ ,२०७८

    टोखा नगरपालिकामा संक्रमितको संख्या घट्नेक्रम जारी रहेको छ , पछिल्लो २४ घन्टामा थप ३४ जना निको भएसंगै सक्रिय संक्रमितको संख्या ५३५ जना रहेको छ।
    टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या ३१४२ जना र पुरूष संख्या ३८३५ जना गरि ६९७७ जना संक्रमित रहेकोमा निको भएको संख्या ६४२० जना पुगेको छ।

    टाेखा नगरपालिका मा हरेक हप्ताको आइतबार वडा २, मंगलबार वडा ११ र शुक्रबार वडा ५ संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार हिजो जेठ २१ गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या २१३ र पुरूष संख्या २५४ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या ७ र पुरूष संख्या १२ जना र अन्य महिला १७ र पुरुष ३२ गरि जम्मा ५३५ जना सक्रिय संक्रमित रहेको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्टको हिजो जेठ २१ गते संक्रमितहरुको उमेरगत खाका अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा २२ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा १०८ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा ७४ जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा ६२ जना र वर्ष ६० देखि माथि ६४जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।

    संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७८९ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म २०६३ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म ५५० जना पुगेको र हिजो ८५ जना Antigen test ) एन्टिजेन परिक्षण गर्दा १२ जना पोजिटिभ देखिएको टाेखा नगर स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनु भयो।

    टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा १ जनाको मृत्यु भैसकेको छ । टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना संक्रमित रहेको छ भने हिजो मात्रै ३४ जना निको भएको र थप ४२ जना डिस्चार्ज भएको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

     

    Facebook Comments

  • सम्बन्धित खवर

    चुनौती दिईरहेछ , टोखाको मैजु हिटी

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै