•            
    • Sanu Raj Dangol

    • २९ बैशाख २०७८, बुधबार ०८:३२

    टोखा नगरपालिकामा काेभिड-१९ सक्रिय संक्रमितको संख्या ६८१ पुग्यो।

    टाेखालाइभ डट कम / बैशाख २९ ,२०७८

    टोखा नगरपालिकामा काेभिड-१९ सक्रिय संक्रमितको संख्या ६८१ पुगेको छ। टोखा नगरपालिकामा हाल सम्म कोरोना संक्रमित भैसकेका महिला सख्या २२४० जना र पुरूष संख्या २७९७ जना गरि ५०३७ जना संक्रमित रहेकोमा निको भएको संख्या ४३३८ जना पुगेको छ।

    टाेखा नगरपालिकामा हरेक हप्ता आइतबार , मंगलबार र शुक्रबार संक्रमितहरुको सम्पर्कमा आएका वा लक्षण देखिएकाहरुको Covid – 19 (Antigen test) एन्टिजेन परिक्षण गर्ने गरिएको छ।

    टाेखा नगरपालिकाको काेभिड-१९ दैनिक रिपोर्ट अनुसार हिजो बैशाख २८ गते टाेखा नगरपालिकाकाे वडागत विवरण अनुसार होमआइसोलेसनमा बस्ने संक्रमित महिला संख्या २६४र पुरूष संख्या २९४ जना, अस्पतालमा बस्ने संक्रमित महिला संख्या १० र पुरूष संख्या ७ जना र होटेलमा बस्ने महिला १ जना र अन्य महिला ६२ र पुरुष ४४ गरि जम्मा ६८१ जना सक्रिय संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन्।

    टाेखा नगरपालिकाको बैशाख २८ गतेको काेभिड-१९ दैनिक संक्रमितहरुको उमेरगत रिपोर्ट अनुसार वर्ष १ देखि १० वर्ष उमेर समुहमा १२ जनामा कोरोना संक्रमण भएका छन् भने ११ देखि २० वर्ष सम्म उमेर समुहमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वर्ष २१ देखि ३० वर्ष सम्म उमेर समुहमा १६८ जनामा कोरोना संक्रमण भएका छन् भने ३१ देखि ४० वर्ष उमेर समुहमा १६८जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ। त्यसैगरि वर्ष ४१ देखि ५० वर्ष सम्म उमेर समुहमा १२८ जना, वर्ष ५१ देखि ६० वर्षको सम्म उमेर समुहमा ७६ जना र वर्ष ६० देखि माथि ६१ जना उमेर अनुसार सक्रिय संक्रमितको संख्या रहेका छन् ।

    संक्रमण भएका संक्रमितहरुको हाल सम्म PCR परीक्षण गरिसकेकाहरुको सख्या भने ६७४५ जना रहेका छन्। टाेखा नगरपालिकामा हाल सम्म ९५४ जनाले Antigen Test बाट परिक्षण गरिसकेका छन् ।( Antigen test ) एन्टिजेन परिक्षण गरि पोजिटिभ पत्ता लागेका संक्रमितहरु हालसम्म २३८ जना पुगेका छन् । टाेखा नगरपालिकामा हालसम्म काेभिड -१९ बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने जम्मा कोभिड-१९ वाट संक्रमण भएका संक्रमित मध्ये निको भएका मानिसहरुको संख्या ४३३८जना पुगेको छ । हिजो १५५ जनाले (Antigen test )एन्टिजेन परिक्षण गरिएको र टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा १८ जना संक्रमित रहेको टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै