•            
    • TOKHA LIVE

    • २७ बैशाख २०७८, सोमबार २०:५८

    टाेखा वडा २ काे पहलमा हिजोबाट (Antigen test) एन्टिजेन परिक्षण सुरू:-

     

    नविना श्रेष्ठ

    टाेखालाइभ डट कम / बैशाख  २७,२०७८

    टोखा नगरपालिका वडा नं २ मा वडाको पहलमा हिजोदेखि  (Antigen test) एन्टिजेन परिक्षण शुरु भएको छ। टोखामा धेरै बिरामीको संख्या बढेपछि वडा २ का अध्यक्ष दिपक राज जोशी आफै यो अभियन शुरू गर्न वडा टिमसँगको सहकार्यमा यो कार्यक्रम सुरू गरेको अध्यक्ष जोशीले बताउनुभयो।

    हिजो गरेको एनटिएन ट्रेस्टमा ५५ जना बिरामीहरूको (Antigen test) एन्टिजेन परिक्षण गरेको थियो। ५५जना बिरामीको एनटिएन ट्रेस्ट गरेकोमा २७ जना पोजेटिभ भएका छन् भने बाकी २८ जना नेगेटिभ रिपोर्ट आएको वडा २ का अध्यक्ष दिपक राज जोशीले जानकारी दिनुभयो।

    कोभिड -१९ कोरोना भाईरस सङ्क्रमित संख्या बढ्दो क्रमले गर्दा आम टोखा नगरबासीहरूलाइ सहजता अपनाउन र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन अध्यक्ष जोशीले आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेका छन्।

    हिजो टोखा वडा २ मा एनटिएन ट्रेस्ट सुरू गरेको र अब देखि हप्ताको एक दिन आइतबार,(Antigen test) एन्टिजेन परिक्षण  अभियान कार्यक्रम हुने अध्यक्ष दिपक राज जोशीले जानकारी दिनुभयो। (Antigen test) एन्टिजेन परिक्षण अभियानमा आफ्नो ज्यान जोखिममा राखी जनताको सेवामा वडा २ को टिम खटेको थियो। टिममा वडा अध्यक्ष दिपक राज जोशी, सदस्य हेराकाजी डंगोल, सदस्य पञ्च कुमारी श्रेष्ठ, सचिव शालिकराम गौतम , कर्मचारी पार्वती श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै