•            
    • TOKHA LIVE

    • २३ जेष्ठ २०७७, शुक्रबार ०७:३०

    टोखाको सडकमा ल्याव टेष्टपछि ढुंगा छाप्ने काममा गति लिने

    टोखा लाइभ ।सॉस्कृतिक संरक्षित क्षेत्र टोखाको मू: ध्वाखादेखि गणेस्थान सडकमा ढुंगा छाप्ने काममा फ्ल्यास स्टोन राखेको भनी स्थानीय वासिन्दाले विरोध जनाएपछि हाललाई स्थगित गरेको छ ।

    पर्यटकलाई आकर्षित गर्न गणेस्थान मन्दिरदेखि पहिलो चरणमा ढुँगा छाप्ने काम सुरुवात गरिएको टोखा नगरपालिका प्रमुख प्रकास अधिकारीले टोखा लाइभलाई बताउनु भयो। उनले ईट्टा सोलिंगसहित प्लास्टर गरी त्यसमाथि ढुँगा बिछ्याउने र सडकलाई आकर्षक बनाउने योजना टोखा नगरपालिकाको रहेको बताउनु भएको छ ।

    यस सम्बन्धमा वहॉ अगाडी भन्नुहुन्छ- “पहिले ईटा पनि लगाइयो, ईटा झिकेर पिच पनि गरियो यी दीर्घकालीन नभएकोले झन सास्कृतिक वस्ती भित्र अब ईटा,पिचको काम छैन।हामिले टाेखा नगरपालिकालाई ऐतिहासिक सास्कृतिक वस्ती भित्रका बाटाेमा ढुङ्गा छापिदा मजबुत हुनुको साथै ढुङ्गाबाट पनि सम्पदा झल्किने भएकोले यो ढुङ्गा छाप्ने निष्कर्षमा हामी पुगेका हौं। यो ढुंगाले यसलाई प्राकृतिकस्वरुप दिने हुनाले ढुंगा छाप्ने काम भइरहेको हो ।”

    “पहिलो चरणमा गणेस्थान मन्दिरको प्रॉगणमा ढुँगा छापिएको छ,” टोखा नगरपालिका सदस्य प्रेमकृष्ण शाहीले भने, त्यसपछि एक महिनाभित्र काम सक्ने गरी गणेस्थानदेखि मु: ध्वाखा सडक क्षेत्रमा ढुँगा छाप्ने काम तीव्र रूपमा अगाडि बढेनेछ । टोखामा ढुंगा छाप्दा कमसलको ढुँगा प्रयोग गरिएको र कतिपय ढुँगा प्रयोग गर्नेक्रममा फुटेको भन्दै स्थानीय घरधनीले विरोधसमेत गर्दै आएका छन् । उनीहरूले सडकमा ढुँगा छाप्ने काममा टोखा नगरपालिकाको योजनामा समेत अवरोध गर्दै आएका छन् ।

    टोखा नगरपालिकाले राम्रो सडकमा बजेट सक्न र सस्तो लोकप्रियताका लागि काम गरेको भन्दै स्थानीय व्यवसायी विष्णुदेवी मानन्धरले रुष्ट बन्दै टोखा लाइभलाई भन्ने।तर टोखा नगरपालिकाले दीर्घकालीन योजनाको काम भएकाले यस्ता विरोधको कुनै अर्थ नहुने प्रेमकृष्ण शाहीले बताउनुभयो । टोखाको मुख्य सडकलाई व्यवस्थित पारिने उद्देश्यका साथ ढुँगा विछ्याउने योजना बनाएको टोखा नगरपालिका उप मेयर ज्ञानमाया डंगोल भन्नुभयो ।त्यसका लागि सबै टोखावासीको सहयोग आवश्यक रहेको खॉचो औल्याईन।टोखामा तीव्रगतिमा बढ्दो सहरीकरण र अव्यवस्थित बसोबासका कारण कतिपय स्थानमा भयानक दुर्घटना समेत बढ्दै गइरहेको छ । तसर्थ केही तत्वले विरोध गरी ढुँगा बिछ्याउने कार्यमा अवरोध खड़ा गरेको खण्डमा यो काम २ वर्ष पछाडि ढकेल्ने अवश्यसंभावी छ। त्यसपछि हाम्रो टोखाको अवस्था झन विकराल बन्नेछ। यसको लागि को ज़िम्मेदारी बन्छ त? के टोखालाई फेरि अन्धकारमय युगमा ढकेल्ने हो? उनले प्रतिप्रश्न गरिन। ढुंगा छाप्ने कामका लागि टेण्डरवाला ठेकेदार आकास लामालाई २ करोड १८ लाखमा ठेक्का दिइएको छ । उक्त क्षेत्रमा सोलिंग, पीसीसी ढुंगा छाप्ने काम १८०० वर्ग फिटमा गर्ने गरी ठेक्का दिइएको हो ।

    टोखा नगरपालिकामा ढुँगा विछ्याउने काममा रेखदेख गरिरहनु भएका व्यक्ति सविन ढकाल भन्छन- “ ढुँगा विछ्याउदा पहिलो दिनमै अवरोध खड़ा गरियो ।यो राम्रो संकेत हैन। यो ढुँगा वास्तवमै निकै बलियो, टिकाऊ र भरपर्दो हुन्। यो कालो ढुँगा भन्दा बलियो छ।यहॉको स्थानीयहरूले यसको वास्तविक कुरा बुझ्न सकेको देखिदैनन। यो हामीले सिन्धुलीपालचोक जिल्लाको ढुँगा खानीबाट ल्याएका हौं।

    . “ “संस्कृति संरक्षित क्षेत्र घोषणा गरिएको टोखा प्राचिन बस्ती हो। आगामी निर्माण संरचना पुरातात्त्विक महत्त्वलाई नजरअन्दाज गरी निर्माण गर्न मिल्दैन, विगतमा भए गरेका कमी कमजोरी सच्याउँदै लैजान सकिन्थ्यो। शरीरको एउटा खुट्टा भाँचिएको भए सो खुट्टाको उपचार गर्ने हो सद्दे अर्को खुट्टा काटेर फाल्ने होइन ।” स्थानीय मू: ध्वाखाका सदस्य कृष्ण हरि श्रेष्ठले आक्रोशित हुँदै भने। विभागका प्राविधिक इन्जिनियर पुजा सिंह भन्नुहुन्छ-“अनुसार ‘कटिङ’ गरिएका ढुंगामात्र प्रयोग गरेर यी गणेस्थान मन्दिरदेखि मू: ध्वाखा सम्म आकर्षक शैलीमा निर्माण हुनेछ। दॉया – बॉया साइडमा ९ इन्चको सानो ढल वर्षाको पानी प्रवाह हुने किसिमले निर्माण गरिनेछ । जहॉसम्मको यो ढुँगाको गुणस्तरीयलाई लिएर हाल विवादमा आएको छ । म के भन्न चाहन्छु भन्ने यो ल्याव टेष्टबाट प्रमाणित ढुँगा हो। यसलाई फेरि टोखाको नगरवासीलाई विश्वस्त तुल्याउन ल्याव टेष्टका निम्ति पठाएका छौं।ढुँगा विछ्याउँदा मेसिनले काटेर नै प्रयोग गरिनेछ।तसर्थ यसमा अब यस स्थानमा के कुराको आवश्यकता छ, त्यसको सुझाव दिनुहोस। हामी समस्या समाधान गर्न तयार छौं।किनकी मान्छेले हो परंम्परा जोगाउने।”

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै