•            
    • Hikmat Dangol

    • १ बैशाख २०७८, बुधबार १८:५७

    पुस्तक विमोचन तथा चित्रकला प्रदर्शनी

    टोखा लाइभ । २०७७, वैशाख १ गते।

    काठमांडौं। एक भव्य समारोहका विच तलेजु क्वाखल टोल विकास संस्थाले टोखाको इतिहासलाई झल्को दिने vintage Tokha- Recalling the Antiquity नामक पुस्तकको विमोचन तथा चित्रकला प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन तथा पुस्तकको विमोचन टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशीले , सुकुन्डामा बत्ती बालेर पुस्तक विमोचन तथा चित्र प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।

    कार्यक्रमा पत्रकार हिक्मत डंगोल द्वारा लिखित र धर्मेन्द्र नापितको समेत सह लेखन भएको सो लिखित पुस्तक टोखा नगरपालिका वडानं-२ का वडा अध्यक्ष दिपक राज जोशी, सदस्यहरूमा हेराकाजी डंगोल, पन्च कुमारी श्रेष्ठ र नेवा गुठीका अध्यक्ष रमेश नापित र शनिवारे स्थलगत कार्यशालाको संयोजक दिवेस प्रधानले संयुक्त रूपमा लोकार्पण गर्नु भएको थियो ।कलायात्रा र कार्यक्रम अन्तरगत विभिन्न कलाकारहरुद्वारा गत ५ हप्ते भित्रमा निर्माण गरिएका कलाकृतिहरुको प्रदर्शीत गरिएको थियो ।


    टोखाको समाज, देवीदेउताको शक्ति, र एतिहासिक मूर्तिहरूमा आधुनिक समाजको चित्रण गरिएका चित्रहरू प्रदर्शनीमा थिए। टोखाको विभिन्न कला संस्कृति र परम्परागत मूल्यमान्यताको झल्को दिने खालका चित्रहरू प्रदशर्नमा थिए।

    वरिष्ठ कलाकारहरू र महिला कलाकारहरूका चित्रहरूलाई प्रदर्शनीमा राख्दै नवोदित नयॉ कलाकारहरूलाई पनि हौसला प्रदान गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए, चित्रकार दिवेस प्रधानले ।

    साथै टोखामा कला संस्कृतिलाई उजागर गरी अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने विभिन्न नेवारी जनजातीको लोपोन्मुख मौलिक संस्कृतिको उत्थान गर्न, उत्साह बढाउन, छरिएर रहेको टोखाको संस्कृतिलाई केन्द्रीकरण गरी एकै थलोमा चित्रकला प्रदर्शनी र पुस्तक लेखनले गर्दा प्रशंसनिय रहेको वडा अध्यक्ष दिपक राज जोशीले उद्घाटनको क्रममा बताउनु भयो। वडा सदस्य हेराकाजी डंगोल र नेवा गुठी टोखाकाअध्यक्ष रमेश नापित लगायतले टोखाको कलाकर्मको संस्कृति यसको महत्त्व माथि प्रकाश पारेका थिए भन्ने कार्यक्रमको सन्चालन तलेजु क्वाखल टोल विकास संस्थाका सचिव धर्मेन्द्र नापितले गरेको थियो।


    सो चित्र कला प्रदर्शनी हेर्न सपन तीर्थमा मेला भर्न आउने हजारौं भक्तजनहरूले पनि जिज्ञासा रूपले अवलोकन गर्नु भएको थियो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै