•            
    • Sanu Raj Dangol

    • २४ चैत्र २०७७, मंगलवार ११:३७

    ठडिदै प्राचीन टोखा सरस्वती मन्दिर , पुर्ननिर्माणको २५% काम सम्पन्न (फाेटाे फिचर)

    टोखालाइभ डट कम / चैत्र २४,२०७७

    टोखा नगरपालिका वडा नं ३ मा रहेको प्राचीन सरस्वती मन्दिर पुनःनिर्माणको गत मंसिर २७ गते टोखा नगरप्रमुख प्रकाश अधिकारीले शिलान्यास गरि सके पश्चात् सरस्वती मन्दिर पुर्ननिर्माणको हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको टोखा नगरपालिका वडा नं ३ अध्यक्ष सिंहराज श्रेष्ठले जानकारी दिनु भयो।

    टोखा नगरपालिका वडा नं ३ को पहलमा टाेखा नगरपालिकाले यस आर्थिक वर्षमा २९ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सो मन्दिर श्री सरस्वती मन्दिर निर्माण उपभोक्ता समितिले निर्माण सुरु गरेको हो।

    टाेखा सरस्वती चौरमा अवस्थित हाल एकतले सरस्वती मन्दिरलाई पुनःनिर्माण पछि दुईतले मौलिक प्यागोडा शैलीमा निर्माण गर्ने सरस्वती मन्दिरको अहिले एक तले पुग्न लागेको छ। सरस्वती मन्दिरको मौलिक काष्ठकलामा महत्वपूर्ण जोड दिई अहिले धमाधम मन्दिरको अगाडि प्रवेशद्वार मुल ढोकामा कलात्मक काष्ठकला बुट्टेदार ढाेका राखिसकेको छ भने पुर्व र पस्चिममा कलात्मक काष्ठकलाका बुट्टेदार आखिझ्याल राख्ने कार्य सम्पन्न भएको छ। कलात्मक काष्ठकलासंग संगै डाछि ईताले परम्परागत बज्र सुर्की, चुनको प्रयोग गरि गारो लगाउने काम भैरहेको छ। यसको लागि टाेखाका पुराना डकर्मी वर्ष ६८ का ज्ञानबहादुर डंगोल र उहाँकै जेठो छोरा र डकर्मी ६० वर्षिय दिल बहादुर श्रेष्ठ काममा निरन्तर खटिएका छन्। परापुर्वकाल देखि रहेको सरस्वती देवीको पुरानो मन्दिर भएकै स्थानमा हाल नयाँ ठडिरहेको सरस्वती मन्दिर पुनः निर्माणको यहि आर्थिक वर्ष २०७७।७८ मा सम्पन्न गर्ने लक्ष्य अनुरुप काम भैरहेको वडा नं ३ अध्यक्ष सिंहराज श्रेष्ठले बताउनु भयो।

    उहाँले सरस्वती मन्दिर पुनः निर्माणको लागि वडा स्तरीय बजेट २९ लाख मात्रै भएको मौलिकपन झल्काएर मन्दिर निर्माण सम्पन्न गर्न ६२ लाख कुल लागत लाग्ने भएकोले नपुग रकम नगरस्तरीय बजेटबाट सम्पन्न गर्नको लागि टाेखा नगरप्रमुखलाई पहल गरिदिन सुझाव दिएको बताउदै त्यस्को विकल्पको रूपमा जनश्रमदान तथा अन्य दाताहरूबाट सहयोग जुटाएर भएपनी पुनः निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष सिंहराज श्रेष्ठले बताए ।

     

     

     

     

     

     

     

     

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै