•            
    • TOKHA LIVE

    • २४ चैत्र २०७७, मंगलवार १०:२७

    टोखा ७ मा सिसि क्यामेरा उद्घाटन र हरियाली पार्कको शिलान्यास सुभारम्भ:-

     

    जय न्यौपाने

    टाेखालाइभ डट कम/ चैत्र २४

     

    टोखा नगरपालिका वडा नं. ७ मा सिसि क्यामेरा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख प्रकाश अधिकारीले हिजो एक कार्यक्रमबीच वडा कार्यालय नजिकै रहेको दहाल गौंडामा सिसि क्यामेरा उद्घाटन गरेका थिए । कार्यक्रममा टोखा नगरपालिका वडा नं. ७ का अध्यक्ष नरोत्तम राना तथा अन्य वडाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
    सि सि टिभि निगरानी थप सुरक्षा सतर्कता , सामुदायिक सुरक्षा वडा, हरियाली पार्क सहित नगर कै उत्कृष्ट वडा बनाउन सफल वडा नं ७ धापासी विकास निमार्णमा सिसि क्यामेरा उद्घाटन र हरियाली पार्कको शिलान्यास एकैपटक सुभारम्भ पछि उदाहरणीय कार्य गरि विकास निमार्ण सम्पन्न गरी टोखा नगरपालिका वडा नं.७ मा विकास निर्माणमा एक कदम अगाडी बढेको स्थानीय बासिन्दा बताउँछन् ।

    टोखा नगरपालिका वडा नं.७ को आयोजनामा संसद पुर्वाधार विकास कार्यक्रमको प्रदेश सरकार पुर्वाधार विकास कार्यक्रम अन्तर्गत नगद रु २५ लाख संसद पुर्वाधार कोष अन्तर्गत प्रदेश सभा सदस्य माननीय दीपक निरौलाको कोषबाट नगद रु १० लाख नगरपालिका वडा नं ७ बाट नगद रु ३० लाख सांसद कोष अा व ०७७/७८ बाट विनियोजित बजेटबाट टोखा वडा नं ७, दाहाल गौड़ा पार्क , शाहन्शा मार्ग मनमोहक पार्क टाेखा वडा नं ७बाट अा व ०७७/७८ काे विनियोजित बजेटबाट निर्माण गर्न लागिएको हो।

     

    सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बसुन्धारा चौकी क्षेत्र र ग्रीनल्यान्डदेखि दाहाल गौंडा जाने सडकमा अत्यधिक अपराधका घटना हुने क्षेत्रलाई मध्य नजर गरेर सी सी टिभि जडान का लागी वडाबाट विनियोजित चारलाख पचास हजारको बजेटमा १० ओटा क्यामेरा जडान गरि ६ स्थानको मुख्य चोकमा गरि प्रती ५ किमिमा थप पुर्वाधार वायर जडान गरि संयुक्त रुपमा अपडेट निगरानी
    गरी प्रहरी कार्यालय र वडामा समेत रेकर्ड राखिएको छ ।
    वडा मार्फत चौबिसै घण्टा हेर्न मिल्ने गरी व्यवस्थापन सहित वडा ७ मा मनमोहक रमणीय हरियाली पार्क सिलान्यास सि सि टिभि जडानको कार्यक्रमले वडा वासीलाई सुरक्षामा थप लाभान्वित बनाएको छ।

    टोखा नगरपालिका वडा नं.७ मा २ वटा पार्कको शिलान्यास संगै अब एउटै वडा मा मात्रै ३ वटा पार्कको निर्माणले टाेखा वडा ७ रमणीय बनेको छ।

    टोखा नगरपालिका वडा नं.७ मा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य दिपक निरौला, प्रदेश सभा सांसद भिमसेन खत्री , टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी , टाेखा वडा नं.७ का वडा अध्यक्ष नरोत्तम रानाले पार्कको संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

    कार्यक्रमा टोखा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष नरोत्तम रानाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले नगरबासीको माग र चाहना बमोजिम कार्य गरिरहेको बताउदै वडा नं.७ को उत्कृष्टता कार्य नगर कै पहिलो उदाहरण बनिरहन सफल भएको मा वडा नं.७ लाई विषेश बधाई दिदैनगरको विकास र समृद्धिका लागि आगामी दिनमा नगरपालिका अझ बढि सक्रिय सहयोग सहित लाग्ने बताउदै टोखा नगरपालिका सबै वडा विकास र समृद्धिमा उतिकै लागि परेको बताउनुभयो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले आफू निर्वाचित क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रम लगभग अन्तिम चरणमा पुगेकाले अब समाजप्रति नयाँ ढंगले कार्यक्रमहरुमा जोड दिने बताउनुभयो ।

    नगर प्रमुख प्रकाश अधिकारीले वडा नं ७ लाई विकास निमार्ण का सम्पूर्ण कार्य सम्पन्न गरी पहिलो गती कायम गर्न सफल भएकोमा विशेष धन्यवाद दिदै अब आगामी कार्य शिक्षा, स्वास्थ्य, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास,उद्यमशीलता खानेपानी, सरसफाई, वातावरण संरक्षण , विपद् व्यवस्थापन, पर्यटन, कृषि, सेवा प्रवाह, संम्पदा तथा संस्कृति संरक्षण लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएर अघी बढ्न निर्देशन दिदै टोखा नगरपालिका समृद्ध नमूना नगरपालिका बनाउने अभियानमा संपूर्ण नगर बासी को साथ सहकार्य प्रति आभार व्यक्त गर्दै
    टोखा नगरबासीको माग र चाहना बमोजिम नगरको विकास र समृद्धिका लागि आगामी दिनमा नगरपालिका अझ बढि सक्रिय भएर लाग्ने बताउनुभएको थियो ।

    हरियाली पार्क सिलान्यास सि सि टिभि जडान कार्यक्रमको प्रस्तोता न्यायिक समिति सदस्य गोपी पाठक ले गर्नुहुदै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य दिपक निरौला प्रदेश सभा सांसद भिमसेन खत्री ,टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी , उप – प्रमुख ज्ञानमाया डंगोल नगर कार्यपालिका सदस्य विभिन्न वडा का वडा अध्यक्ष, वडा सदस्य नगर कमिटी सदस्य तिलिङटार मा. वि.का प्रधानाध्यापक राजनीति दलका व्यक्ति संघ संस्था का पदाधिकारी बुध्दिजीवी समाजसेवी स्थानीय वडावासी, विद्यार्थी , पत्रकार स्वयंसेवक लगायतको उपस्थिति रहेको थियो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै