•            
    • TOKHA LIVE

    • १९ जेष्ठ २०७७, सोमबार १६:२७

    लकडाउनमा टिलिंगटार – ग्रीनलैंड जोडिने सडक खण्ड पीच गरिदैं

    सोमवार , १९ जेष्ठ २०७७ टोखा लाइभ ।हिउँडमा धुलो र वर्षामा हिलोको नामले परिचित करीब ४ सय मिटर दुरी रहेको टिलिंगटार देखि ग्रीनलैंड खण्डको पीच बन्दाबन्दीकै बीचमा सोमवार शुरु भएको छ ।

    टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीको विशेष पहल र व्यवस्थापनमा यस सडक खण्डको पीच गर्ने कार्य सुरु भएको हो । विभिन्न समस्याको कारणले विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको पीचको लागि ठेक्का पट्टाको काम सम्पन्न भई आज बाट पीच कार्य सुरु भइसकेको मेयर प्रकाश अधिकारीले टोखा लाइभलाई जानकारी दिनु भयो।सो बाटो पिच गरेको दृश्य अवलोकनका लागि प्रदेश ३का माननीय सभासद दिपक निरौला पनि उपस्तिथि हुनुभएको थियो।

    टोखा नगरपालिका वडा नं ६ बस्नुहुने मीन बहादुर खत्री लकडाउनको समयमा सडक पीच हुँदा खुशीको सिम्मा नै छैन। यो सडक पीच नभएको ३ वर्ष जति भैसकेको छ।”हामीले विगतमा हिउँडमा धुलो र वर्षातमा हिलोमा हिंडन बाध्य भएका थियौं। अब देखि हामीले यो समस्याबाट मुक्ति पायौं। यस्तो लागि हाम्रो मेयरसाब विशेष धन्यवादका पात्र हुनुहुन्छ। यो समस्याको समाधान गरिदिनु भएकोमा म वहॉलाई धेरै धन्यवाद दिन चाहन्छु ।” खत्रीले भन्नुभयो।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै