•            
    • TOKHA LIVE

    • २८ माघ २०७७, बुधबार ०६:५५

    टोखामा सानिमा बैंकको कारोबार सुभारम्भ:-

    टाेखालाइभ डट कम माघ २८

    सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका ‐६ स्थित ग्रान्डि हस्पिटल नजिकै सानिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ कारोबार सेवा सुभारम्भ गरेको छ । सानिमा बैंकको (Brand ambassador) ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) ले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियोे ।

    सानिमा बैंकको उद्घाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि सानिमा बैंकलाई शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंकका टाेखाका ग्राहक तथा यहाँका सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

    अत्याधुनिक बैंकिङ कारोबार गरिरहेको सानिमा बैंकले सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै