टाेखा लाइभ,श्रावण १५ काठमाडौ : नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । कुनै धार्मिक महत्व नभएपनि साँस्कृतिक रुपमा कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ ।परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ ।
असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् ।
त्रेया युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए । विभिन्न पुजा आजामा खीर खाने गरिन्छ । हवनमा समेत खीर या पायसलाई अग्नीमा चढाउने गरिन्छ । बुधबार मुलुकभर खिर भोजन गरेर साउन १५ मनाइँदै छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ ।
आयुर्वेद चिकित्सकका अनुसार बर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले खिरले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । चामल, दूध, नरिबल, छोकडा लगायत सामाग्री र चिनी हालेर खिर बनाउने प्रचलन रहेको छ
खिर खानुका फाइदाहरु :
वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ ।चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो ।
लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ ।
नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको छ।