•            
    • TOKHA LIVE

    • २१ असार २०७७, आईतवार ०७:४७

    अल्बर्ट आइनस्टाइनको सफलताको कहानी

    प्रेरक प्रसंग

    टाेखा लाइभ ,काठमाडौं : भनिन्छ नि “ चरेस खानु तर कहिल्यै हरेस नखानु “ यसो भन्नुको तात्पर्य यो हो कि कहिल्यै पनि तपाई असफलताबाट नडराउनुहोस् | असफलता पनि सफलताको एउटा खुड्किलो नै हो |

    आफुमा भरोसा राख्नु नै सफल हुने एक मन्त्र हो । अल्बर्ट आइनस्टाइनको जीवनमा पनि धेरै असफलता आएका थिए तर सफल व्यक्तिको र असफल व्यक्तिबीचको फरक यति हो कि सफल व्यक्तिहरु कहिल्यै हार मान्दैनन । असफलहरु केहि असफलता आउने बितिकै डगमगाउने गर्छन | आज हामी बिज्ञानका एक सफल र नोबेल पुरस्कार बिजेता अल्बर्ट आइनस्टाइनको बारेमा यस कथाबाट हजुरलाई पनि केहि गर्ने र केहि बन्ने हौसला मिलोस ।

    अल्बर्ट आइनस्टाइनको बारेमा कुरा गर्दा उनि एक प्रतिभाशाली व्यक्ति थिए । तर उनि बच्चाबाट नै प्रतिभाशाली चाही थिएनन्। ४ बर्षको उमेर हुदा सम्म उनि बोल्न सक्दैन थिए र ७ बर्षको उमेर सम्म उनि पढ्न, लेख्न सक्दैन थिए। यसै कारण उनका बुवाआमा अनि बिद्यालयक शिक्षकहरु लाइ समेत उनि लाटो, मन्धबुद्धि भएका बालक र जीवनमा केहि पनि बन्न नसक्ने हुन् भन्ने लाग्थ्यो।यसै कारणले उनि केहि बिद्यालयबाट पनि निकालिएका थिए । उनलाई अन्य बिद्यार्थीको तुलनामा सिक्न र बुझ्न समय लागे पनि उनले अन्त्यमा विज्ञानको क्षेत्रमा एकदमै ठुलो योगदान पुर्याएका छन् । उनलाई अन्त्यमा फोटो इलेक्ट्रिक इफेक्ट बिषयमा उल्लेखनीय पुर्याएकोमा विज्ञानको क्षेत्रमा दिने सबै भन्दा ठुलो पुरस्कार नोबेल पुरस्कारबाट सम्मान गरिएको थियो ।
    अल्बर्ट आइनस्टाइनलाइ उच्च क्षिक्षा हासिल गर्नलाई धेरै गारो भएको थियो । स्विस फेडरल टेक्नोलोजी को संस्थानमा उच्च क्षिक्षाका निम्ति परिक्षा दिन्छन तर पहिलो पटक उनि असफल हुन्छन र फेरी दोस्रो पटक पनि परिक्षा दिन्छन र उनि पास हुन्छन ।जब उनि कलेजबाट पास भएर निस्कन्छन तब उनलाई पढाउन नजान्ने र सन्की भनेर कुनै पनि कलेजमा पढाउनका लागि योग्य ठहरिदैनन।यसै कारणले उनि पेटन्ट कार्यालयमा काम गर्न थाल्छन ।

    आफुले कम गर्न खोजेको ठाउमा कम गर्न नपाए पनि उनले आफ्नो बिज्ञान प्रतिको मोह कहिल्यै त्याग्न सकेनन।उनि भन्ने गर्थे मलाई यो काम एकदमै मन परेको छ , किनभने मैले यस कामको लागि धेरै मेहेनत र दिमागको खर्च गर्नु पर्दैन र बाकी भएको समय म मेरो बिज्ञान र रिसर्चमा प्रयोग गर्न सक्छु । उनि आफ्नो विज्ञानको काममा यति धेरै लिन भएर काम गर्थे कि कैले कहिँ मोजा लगाउन अनि कैले टाई लगाउन नै बिर्सिने गर्थे ।

    यस सबै बाट के बुज्न सकिन्छ भने उनले आफुमा विश्वास राख्थे, र आफुले बिश्वास राखेको कुरामा अडिग भएर काम गरे । उनले आफ्नो पढाई, विज्ञानको नियममा निरन्तर रुपमा काम गरिरहे र उनके कति धेरै काम गर्थे, कति धेरै मेहेनत गर्थे भनेर उतिबेला मात्र मानिसहरुले थाहा पाए कि जब उनले थेउरी अफ रीलेटिभिटीमा पेपर पब्लिस गरे ।

    निकै बैज्ञानिकहरुले उनले निकालेको थेउरी काम नलाग्ने र उनलाई पागल जस्तो दर्जा पनि दिए तर पनि उनि कहिल्यै डगमगाएनन । पछि उनि जुरिच विश्वबिद्यालयमा प्रोफेसर पनि भए | उनको यस कहानीबाट के बुज्न सकिन्छ भने आफुमा विश्वास गर्ने र निरन्तर काममा लागि रहने हरेक व्यक्ति सफल हुन सक्छ ।अन्त्यमा उनले यो प्रमाणित गरिदिए कि उनि साचिकै बुद्दिमान छन् र उनले सन् १९२१ मा भौतिक शास्त्रमा नोबेल पुरस्कार पनि जिते ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै