•            
    • TOKHA LIVE

    • २ असार २०७७, मंगलवार ०६:५३

    ऑखाको आकर्षणका लागि टीन्ट:-

    • रसिला कायस्थ

    टोखा लाइभ । सुन्दर र स्वस्थ ऑखाले मानिसको व्यक्तित्व झल्काउनुको साथै अनुहारको सौन्दर्य पनि बढाउँछ ।हावापानी , वातावरण तथा वंशानुगत कारणले हाम्रो केश कालों , खैरो वा कैलो छुन्छ , चाहे त्यो टाउकोको होस् वा अनुहारको ! यस किसिमको प्राकृतिक रंगको केशलाई अरुकुनै रंगमा रंगाएझै परेला र आखिभौंलाई रंगाउने बिधीलाइ brow tint वा lash tint भनिन्छ ! हुन त टाउकोको कपालमा रंग लगाउनेहरुको रंगाएको कपाल वढदै गएपछि नयां पलाएका कपाल र रंगाएका कपाललाई एउटै रंगमा ल्याउन नयां पलाएका कपाललाई रंगाउने विधिलाइपनि टीन्टनै भनिन्छ तर brow or lash tint भन्नाले परेली वा आँखिभौंको कलर गर्ने विधि भन्ने बुझिन्छ ।यो सजिलो मात्र हैन कि घरमा आफैलेपनि गर्न सकिन्छ ।

    त्यसोत brow palette shad वा brow / lash mascara अनुहारको रंग अनुरूप मिल्दो सेंड सजिलै किनेर प्रयोग गर्न सकिन्छ जुन दिनभरको लागी मात्र टीक्छ तर टीन्ट एकपटक गरेपछि ३ देखी ४ हप्तासम्म टीक्छ ! Brow तथा lash tint गर्ने tint विशेष किसिमको हुन्छ ! यस्तो रंग 15ml को tube मा black , dark brown , natural brown , light brown र lash tint को लागी blue black सहितको Sade मा neutraliser सहित उपलब्ध हुन्छन् भने यो विधि अपनाउने क्रममा सवैभन्दा पहिले परेला वा आखिभौंलाई सुख्खा हुने गरी सफागर्नु पर्छ र परेला वा आखिभौंको माथि एवं तल हल्का तौलिए वस्तु लगाउनु पर्छ ।ताकी रंग छालामा नलागोस् जस्तै भ्यालसीरीन , पेट्रोलियम जेली वा कोको बटर आदि ।त्यसपछि आफनो इच्छा अनुहारको collar मा सोही मात्रा neutraliser मिलाएर आवश्यकता अनुसार लगाइने र १५ देखी २० मिनेट पछि सफापानीले कपासको सहायताले सुख्खा हुने गरी पुछ्ने , फलत: आखिभौं र परेला बाक्लो , लामो देखिनुका साथै अनुहारलाई पनि निखारता प्रदान गर्दछ ।

    उल्लेखित कुराहरूमा ध्यान दिने हो भन्ने ऑखाको आकर्षण र सौन्दर्यलाई यथावत राख्न सकिन्छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै