•            
    • TOKHA LIVE

    • २२ भाद्र २०७७, सोमबार ११:३२

    अन्तर्राष्ट्रिय पदक विजेता केसी सङ्क्रमित:-

    टोखा लाइभ,भाद्र २२ काठमाडौं

    नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित भएका छन् ।

    काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको थियो । सो अस्पतालमा उपचार गर्नुअघि उनको पीसीआरपरीक्षणका लागि स्वाब सङ्कलन गरिएको केसीका जेठा छोरा योगेन्द्र केसीले जानकारी दिए । केसीको पीसीआर परीक्षणको रिपोर्टपोजेटिभ आएको टेकु अस्पतालले सोमबार साँझ फोनमा जानकारी गराएको थियो । केसी हाल घरमै आइसोसेलनमा बसेका छन् ।

    सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गरेका थिए ।अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो । केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्णपदक जितेका थिए ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै