•            
    • TOKHA LIVE

    • १८ भाद्र २०७७, बिहीबार ०८:४२

    नेयमारलाई कोरोना संक्रमण:-

    टाेखा लाइभ

    एजेन्सी । ब्राजिली स्टार नेयमार सहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । पीएसजीका फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको बताईएको छ ।

    पीएसजीले समेत आफ्ना तीन खेलाडीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ । ‘परिक्षण पश्चात तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेका छन् ।’ क्लबले भनेको छ ।

    युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्ने छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै