•            
    • Sanu Raj Dangol

    • १० जेष्ठ २०७७, शनिबार ०२:२३

    पूर्व कप्तान अनिलको फिल्म र आत्मकथा संगसंगै आउँदै।

    टाेखा लाइभ,काठमाडौं :डेढ दशक भन्दा लामो समयदेखि मैदानमा सक्रिय राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको अब अभिनय पनि हेर्ने पाइने भएको छ । फरवार्ड अनिलकै जीवनमा आधारिक फिल्म यो वर्ष प्रदर्शन गर्ने तयारी भइरहेको छ । यस्तै उनको आत्मकथा पनि यहि वर्ष सार्वजनिक हुने बताइएको छ ।

    ‘भकुन्डो’ नामक चलचित्रमा अनिलले अभिनय गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट झन्डै दुई वर्षअघि सन्यास लिएका अनिलले एक दशक भन्दा लामो समय राष्ट्रिय टोलीबाट खेलेका थिए । उनी कप्तान हुँदा सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।

    फिल्ममा ८० प्रतिशत उनकै खेल जीवन, व्यक्तिगत कथा र २० प्रतिशत नेपाली फुटबलका विषयमा रहेको जनाएको छ ।

    राष्ट्रिय टोलीबाट अन्तिम खेलमा खेल जीवनको ५० औं खेल पुरा गरेका अनिलले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट व्यवसायिक खेल जीवनको सुरुवात गरेका थिए ।

    पोखराको सहारा एकेडेमीका उत्पादन अनिलले बिबिसीपछि रुस्लान थ्री स्टार क्लब, नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, एनआरटीबाट पनि खेलेका थिए । त्यसबीचमा उनले भारतीय (आई) लिगमा सिलोङ लाजोङ बाट फुटबल खेलेका थिए । बिबिसीबाट गत सिजन ए डिभिजन लिग खेलेका अनिलले अझै केहि वर्ष क्लब फुटबलमा सक्रिय रहने बताएका छन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै