•            
    • TOKHA LIVE

    • ८ भाद्र २०७७, सोमबार ०५:५८

    यूईएफए च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलाई ।

    टाेखा लाइभ , भाद्र ८ काठमाडौं ।
    एजेन्सी –
    यूईएफए च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखले जितेको छ।
    जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पीएसजीविरुद्ध जारी फाइनल खेलमा सुरुवाती अग्रता लिएको थियो। तर उपाधि पक्क गर्न दोस्रो हाफ सम्म कुर्नुपर्यो। UEFA Champion एफसि ब्रायन् मुनिचले उपाधिका लागि यस अघि बायर्न म्युनिखले बार्सिलोनालाई २-८ ले हराएर फाइनलमा पुगेको थियोे ।

    उता एट्लान्टालाई २-१ ले हराएर फाइनलमा पुगेको पेरिस सेन्ट जेभियर्सलाई आज राती १२:४५ मा टर्कीको इस्ताम्बुलमा भएको फाइनल निकतम प्रतिद्वन्दी पेरिस सेन्ट जर्मन पिएसजिलाई लिगखेलमा १-० ले हराएर उपाधि पक्का गरेको हो।

    खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो । बायर्नले त्यसपछि केहि दबाब सिर्जना गरेपनि पीएसजीको डिफेन्सले त्यसलाई विफल पार्यो ।

    दशौं मिनेटमा पीएसजीका थिलो केहररको क्रसलाई बोटेङले क्लियर गर्दै खतरा टारे । लगत्तै छोटो कर्नर लिएको पीएसजीले गोलरक्षक नोएरलाई समस्या दिन सकेन । १४ औं मिनेटमा बर्नाटको पासमा पेनाल्टी क्षेत्रभित्र किलियन एमबाप्पेको प्रहारलाई लिओन गोरेट्जकाले छेके । लगत्तै एमबाप्पेकै प्रयासलाई जोशुवा किम्मिचले गोलरक्षकसम्म पुग्न दिएनन् ।

    १८ औं मिनेटमा गोलरक्षक नोएरले लगातार दुई बचाउ गरेपछि पीएसजी अग्रता लिनबाट बन्चित भयो । एमबाप्पेको पासमा ६ यार्ड बक्स नजिकबाट नेयमारको पहिलो प्रहारलाई रोकेका नोएरले त्यसकै रिबाउन्डमा नेयमारले दिएको कटब्याकलाई छेक्दै कर्नर बनाए ।

    २२ औं मिनेटमा बायर्न पनि अग्रता लिनबाट चुक्यो । लेवान्डोस्कीले पेनाल्टी क्षेत्रभित्र टर्नमा गरेको फितलो प्रहारमा गोलरक्षक नाभास बिट भएपनि बल पोस्टमा लाग्दै फर्कियो । त्यसको एक मिनेट नबित्दै पीएसजीले काउन्टर अट्याकमा बढाएको मुभमा डी मारियाले गोल गर्न सकेनन् । एमबाप्पे र नेयमारले अगाडि बढाएको मुभमा डी मारियाको अन्तिम प्रहार आकासियो ।२९ औं मिनेटमा नेयमारको फ्रिकिकमा क्लियर भएको बललाई आन्दर हरेराले पेनाल्टी क्षेत्र बाहिरबाट भली प्रहार गरेपनि बल डिफ्लेक्ट हुँदै बाहिरियो । ३१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको शक्तिशाली हेडरलाई गोलरक्षक नाभासले दोस्रो प्रयासमा सफल बचाउ गरे ।

    निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा प्रेस्नेल किम्पेम्बेले मुलरविरुद्ध पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै कुनै खतरा बढ्न दिएनन् । अन्तिम मिनेटमा एमबाप्पेले सुवर्ण अवसरको सदुपयोग गर्न नसक्दा पीएसजीले अग्रता लिन सकेन । अनमार्क रहेका एमबाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो । इन्ज्युरी समयमा बायर्नले कोमानविरुद्ध फल भएको भन्दै पेनाल्टीको माग गरेपनि रेफ्रीले त्यसको निर्णय दिएनन् ।

    दोस्रो हाफको सुरुवातमै सर्ज जिनाब्रीले एक मिनेटको अन्तरमा नेयमारमाथि दुई पटक फाउल गरेपछि रेफ्रीले दोस्रो फाउलमा भने पहेंलो कार्ड देखाए । उक्त फाउलपछि जिनाब्रीमाथि झम्टिएका पारेडेसले पनि पहेंलो कार्ड पाए। ब्रायनको तर्फबाट फ्रान्सका किंग्सले कोमन्ले दोस्रो हाफमा १ गोल गरेका थिए। उनले खेलको ५९ औं मिनेटमा बायर्नले किंग्सले कोमानको गोलमा पीएसजीका पूर्व खेलाडी समेत रहेका कोमानले हेडरमार्फत गोल गर्दै बायर्नलाई जित दिलाएका थिए ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै