•            
    • Sanu Raj Dangol

    • ९ जेष्ठ २०७७, शुक्रबार ०६:४५

    ला लिगा जुन १२ देखि सुरु हुने।

    एजेन्सी । स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने भएको छ । स्पेनिस रेडियोका अनुसार ला लिगा जुन १२ देखि सुरु हुने बताइएको छ ।
    कोरोना भाइरस महामारीका कारण स्थगित भएको लिग सुरु भएपछि पहिलो खेलमा रियल बेटिस र सेभिल्लाले प्रतिस्पर्धा गर्ने तालिकामा उल्लेख गरिएको छ ।
    यससँगै ला लिगा सुरु भए जर्मन बुन्डेस लिगापछि पुनः सुरु हुने युरोपका शीर्ष पाँच लिगहरूमध्ये दोस्रो लिग हुनेछ । त्यस्तै मे २८ मा ला लिगाले सबै क्लबहरूका साथ बाँकी खेल तालिका सार्वजनिक गर्ने बताइएको छ। जुन स्थगितअघि मार्च १५ मा हुने तय भएको थयो । त्यस्तै च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाको शीर्ष १६ को दोस्रो लेग नेपोलिविरुद्ध खेल्न बाँकी छ
    बार्सिलोनाको अर्को खेल मलार्काविरुद्ध हुनसक्छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै