टाेखा लाइभ/काठमाडौं
एजेन्सी /सन्दिप लामिछाने जहाँ पुग्छन त्यहीँ चर्चा हुने गरेका छन् । अहिले क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने मिडियामा जताततै छाइरहेका छन् ।
क्यारेबियन प्रिमियर लिग खेल्न गएका नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम जमैका तल्लावाजले पहिलो खेल जित्नै प्रतियोगितामा विजयी सुरुवात गरेका थिए। यो खेलमा सन्दिपले ४ ओभरमा २३ रन दिएर एक विकेट लिन सफल भएका थिए। मध्यम प्रदर्शन गरेका सन्दिप लामिछानेले यो खेलमा आफ्नो प्रदर्शनले भन्दा अर्कै कारणले चर्चामा आए ।
उनले यो खेलपछि पाकिस्तानी क्रिकेटर आसिफ अलीलाई गरेको सहयोगको यतिखेल पूरै क्रिकेट जगतमा चर्चा भइरहेको छ ।