•            
    • TOKHA LIVE

    • २ भाद्र २०७७, मंगलवार १०:३५

    खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द:-

    टोखा लाइभ,भाद्र२ काठमाडौं
    देशभर बढेको कोरोना भाइरसको संक्रमणका बीच सबै प्रकारका खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द भएको छ । अहिले काठमाडौं उपत्यकासहित देशका मूख्य शहरमा संक्रमण चुलिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाही बन्द भएको जनाएको छ ।

    राखेपबाट सम्पादन गरिने अति जरुरी कामबाहेक अरु काम समेत अब बन्द भएका छन् । ‘हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० काठमाडौं उपत्यका लगायत नेपालका विभिन्न स्थानहरुमा व्यापक रुपमा फैलिन गई जनस्वास्थ्यमा ठूलो समस्याका रुपमा देखा परेको हुँदा राष्ट्रिय खेलकुद परिषदबाट सम्पादन गरिने अति जरुरी कामबाहेक हाललाई अर्को सूचना जारी नभएसम्मका लागि खेलकुद प्रतियोगिता, खेल प्रशिक्षण लगायत खेलकुद सम्बन्धी सम्पूर्ण गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको छ, राखेपको सूचनामा उल्लेख छ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै