•            
    • TOKHA LIVE

    • १२ श्रावण २०७७, सोमबार २१:२४

    युभेन्टस सिरी ‘ए’ च्याम्पियन:-

    एजेन्सी – इटालियन जाइन्ट युभेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो । युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले प्रेरणादायी गोल गरेका थिए।

    रोनाल्डोले अवसर पाएको एक पेनाल्टीमा गोल गर्न सकेनन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोलीलाई दवाव सिर्जना गरेको युभेन्टसले गोलको लागि पहिलो हाफको अन्तिम समयमा मात्रै गोलको अवसर जुरेको थियो ।

    २०औं मिनेटमा रोनाल्डोले गोल गर्ने अवर चुकाउदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो ।

    पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई १–० को आफ्नो पक्षमा अग्रता दिलाए । मिरोलम प्यानिचको उत्कृष्ट सेट पिस पासमा रोनाल्डोले बटम राइट कर्नरमा सुन्दर गोल गर्न सफल भएको थियो ।
    । ६१औं मिनेटमा रोनाल्डोको प्रहारलाई गोलरक्षक इमिल एयुडेरोले बचाए ।

    पेनाल्टी बक्स बाहिरको रोनाल्डोको सशक्त प्रहारलाई गोलरक्षक इमिल एयुडेरोले रोकेपनि रिवाउन्ड बलमा खेलको ६७औं मिनेटमा फेडरिको बर्नरडेस्चीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । च्याम्पियन बनेको युभेन्टसको ३६ खेलबाट ८३ अंक पुगेको छ । दोस्रो स्थानम रहेको इन्टर मिलानको ७६ अंक रहेको छ । पराजित साम्पडोरिया ४१ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै