•            
    • TOKHA LIVE

    • १२ श्रावण २०७७, सोमबार २०:१२

    राखेपको सदस्य सचिवमा पुनःसिलवाल नियुक्त:-

    टाेखा लाइभ, काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त भएका छन् । खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को आज बसेको बैठकले निवर्तमान सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेको हो ।


    सिफारिस गरिएको भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई उछिन्दै सिलवाल सदस्य सचिव भएका हुन।

    बैठकले राखेपको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ।सदस्य सचिव मंगलबार राखेपमा पुगेर पदभार ग्रहण गर्ने बताइएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै