•            
    • TOKHA LIVE

    • ८ श्रावण २०७७, बिहीबार २१:०२

    आइपिएल यूएईमा हुने पक्का


    टाेखा लाइभ
    एजेन्सी – क्रीकेट विस्वकप पछि सर्वाधिक चर्चित क्रीकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने लगभग पक्का भएको छ । आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले आइपिएल २०२० मा यूएईमा हुने पुष्टि गरेका हुन् ।
    अर्को बैठकमा औपचारिक रुपमा घोषणा गर्ने पटेलले क्रिकइन्फोलाई उल्लेख गर्दै बताएका छन् ।

    यद्यपि प्रतियोगिताको मितिबारे भने कुनै निर्णय भइसकेको छैन । आइपिएल २०२० सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्ने तयारी भई रहेको छ । पटेलका अनुसार आइपिएलका खेल दुबई, आवूधावी र शारजाहमा हुनेछन् । भारतीय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल तालिका अनुसार आइपिएल नोभेम्बर ७ सम्म सक्नुपर्ने हुन्छ । भारतको डिसेम्बर पहिलो साता देखि अष्ट्रेलियामा चार टेष्ट सिरिज खेल्ने कार्यतालिका छ । १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

    सोमबार आइसिसी बैठकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप एक वर्षको लागि सरेको जनाएको थियो । त्यस्तै यस अघिनै सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको एसिया कप टि२० प्रतियोगिता पनि सरेसँगै आइपिएल गर्न बाटो खुलेको थियो ।
    ‘हामीले टि२० विश्वकप आइसिसीबाट औपचारिक स्थगितको पर्खाइमा थियौं । हामीले भारत सरकारसँग अनुमतिका लागि निवेदन दिएका छौं र अनुमति पाउनु पर्छ’, उनले भने ।

    आइपिएल अप्रिलमा हुने तय थियो । तर कोरोना भाइरसको महामारीको कारण अनिश्चित समय सम्मको लागि सरेको थियो ।
    इन्डियन प्रिमियर लिग (आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो ।यो भन्दा अघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थिए ।
    यूएईमा मंगलबार सम्म ५७ हजार १ सय ९३ जनामा कोरोना संक्रमण देखिदा ४९ हजार ६ सय २१ जनालाई ठिक भइसकेको छ । ३ सय ४० जनाको मृत्यु भएको छ । भारतमा १० लाख भन्दा बढीमा संक्रमित हुँदा २८ हजार बढीको मृत्यु भई सकेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै