टाेखा लाइभ
एजेन्सी – स्पेनिस रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । हिजो बिहीबार राति सम्पन्न भएको ९ खेलमध्य रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गर्दै लिग उपाधिमा कब्जा जमाएको हो। आफ्नो खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित एक खेल बाकी छ्दै लिग उपाधि पक्का गरेको हो ।
रियल म्याड्रिडले घरेलु मैदानमा सिजनको
भिल्लारियलसंग खेलको २० औं गोल गर्ने क्रममा बेन्जेमाले लुका मोड्रीचको पासलाई सदुपयोग गर्दै २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् ।
रियलले बल आफ्नोपक्षमा बलियो पकड जमाउदै लगातार एकतर्फी आक्रमण जारी राखेको थियो । ७३ औं मिनेटमा रियलले पेनाल्टी प्राप्त गर्यो । सर्जियो रामोसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा रियलले पहिलो प्रयासमा भने गोल गर्न चुक्यो। रामोसले बेन्जेमालाई पेनाल्टीमै पास दिन खोजेपनि रेफ्रीले पुन: पेनाल्टी प्रहार गर्न लगाएका थिए । दोस्रो प्रहारमा भने बेन्जेमाले गोल गर्न सफल भयो।
रियल म्याड्रिडले खेलको ८३ औं मिनेटमा भने मारिया गास्पारको क्रसमा भिसेन्ट इबोर्राले गोल गर्दै खेल २-१ अग्रतासहित उपाधि पक्का गर्न सफल रहयो ।
यस नतिजासँगै रियल म्याड्रिडले लिगको १ खेल बाँकी रहँदै निकतम प्रतिद्वन्दी बार्सिलोनासंगकाे दुरि ७ अंकको अग्रता लिँदै स्पेनिस लिगको शीर्ष श्रेणीको च्याम्पियन बनेको छ ।समग्रमा यो रियलको यो ३४ औं ला लिगा उपाधि पनि हो।
रियलले ३७ खेलमा ८६ अंक जोड्दा बार्सिलोनाले मात्र ७९ अंक जोडेको छ । साविक विजेता बार्सिलोना भने दोस्रो स्थानमा सिमित रहने भएको छ ।
बार्सिलोना अर्को खेलमा घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २-१ ले हार व्यहोरेको छ ।
अब अन्तिम चरणको ३८ औं खेलमा रियलले लेगानेस र बार्सिलोनाले अलाभेससँग बाकी खेलहरु खेल्नेछन्।