•            
    • TOKHA LIVE

    • २५ असार २०७७, बिहीबार २१:०१

    क्रीकेटका उदाउँदा नक्षत्र खुशी डंगोल:-

    टाेखा लाइभ , असार २५ काठमाडौं : सांस्कृतिक संरक्षित क्षेत्र टाेखाका समाजसेवी ,नेवा गूठी टाेखाका अध्यक्ष देवराज डंगोल र शोभा डंगोलको माइली छोरिको रुपमा बि.सं. २०५९ बैशाख २२ गते जन्मिएकि हुन् खुशी डंगोल। खुशी डंगोलको परिचय भनेकै क्रीकेटले दिएको नाम नै काफी छ। यति मात्र होइन अझ खुशी डंगोलले कम उमेरमै आफ्नो बलबुटाले भ्याएसम्म नेपाली महिला क्रीकेटमा जुन सफलता पाइन् , त्यो आफ्नो जन्मेको ठाँउमा उभिएको धरातलको उदाहरणीय खेल व्यक्ति हुन् भन्दा फरक नपर्ला।
    खुशी डंगोलले गत वर्ष एसइई परिक्षामा A± Grade सहित स्कुलमा सर्वोत्कृष्ट भएकी खुशी डंगोललाई स्कुलमै आधारभूत क्रीकेट तालीम दिएको दुई वर्षमै साग(South Asian Game)का लागी महिला राष्ट्रिय क्रीकेट टाेलीमा छनौटमा समेटिनु नै ठुलो उपलब्धि थियो। त्यो ठुलो सफलता हासिल गर्न खुशीले अथक मेहनत र निकै परिश्रम गरेको बताइन् । नेपाली महिला राष्ट्रिय क्रीकेटको सिनियर टिममा पर्दा त्यतिबेला खुशीलाई धेरै खुशी भएको बताइन् ।खुशी डंगोलले टाेखा स्थित एपि स्कुलमा ९ कक्षामा पढ्दै गर्दा प्रदेश ३मा आयोजना भएको अन्तर विद्यालय क्रीकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक रबिन जोशीले काठमाडौंको टाेलीमा खेलाउन सिफारिस गरेका थिए।
    खुशी डंगोलको राष्ट्रियस्तरको खेलयात्रा यहीँबाट सुरुवात भएको हो।२०७५ ,चैतमा नेपालगन्जमा भएको अाठौं राष्ट्रिय खेलकुदमा खेल्ने मौका गुमाए पनि खुशी डंगोलले प्रदेश ३ को प्रतिनिधित्व गर्ने टाेलिमा अटाएकि थिइन् ।त्यस्को लगत्तै राष्ट्रिय खेलकुद परिषद् को आयोजनामा काठमाडौंमा भएको” प्रधानमन्त्री कप २०७६ ” मा सहभागी भै खुशी डंगोलले पहिलो खेलमा ५ विकेट तथा दोस्रो खेलमा १ विकेट गरि कुल ६ विकेट लिदै राष्ट्रिय टाेली तर्फको यात्रा अगाडि बढाएकी थिइन् ।खुशीले नेपालको प्रतिनिधित्व गरि चीनमा आयोजना भएको “Inaugral Belt and Road 2019 Cup T20 -W U19” मा महिला राष्ट्रिय क्रीकेट टाेलीमा सहभागी जनाएकी थिइन्। त्यतीबेला नेपालले महिला राष्ट्रिय क्रीकेट टाेलीले कास्य पदक प्राप्त गरेको थियोे ।

    पढाइ र खेलकुदमा उतिक्कै अबल खुशी डंगोलले प्राप्त गरेको यो उपलब्धिका कारण अभिभावक पनि शिक्षा संगै क्रीकेट करियरलाई पनि अघि बढाउन प्रेरणा दिन्छन् । राष्ट्रिय क्रीकेट पुर्व कप्तान पारस खड्कालाई आदर्श मान्ने
    खुशी डंगोललाई राष्ट्रिय क्रीकेट खेलाडी इन्दु बर्मा , सिता राणामगरको ब्याटिङबाट प्रभावित छिन् । हाल विस्वभर फैलिरहेको महामारि कोभीड – १९ कोरोना भाइरसबाट आफ्नो क्रीकेट करियर पनि धेरै प्रभावित भएको खुशी डंगोल स्वीकार्छिन। तर पनि देशमा भैरहेको लकडाउन खुकुलो भएसंगै आफु पनि हल्का फुल्का क्रीकेट कोचिङ तालीममा प्रशिक्षक रबिन जोशीबाट ब्याटिङ,बलिङ ,फिल्डिङ सिकिरहेको खुशीले बताइन। बत्तीस पुतलीसडक स्थित गोल्देनगेट ईन्टरनेशनल कलेज ±2 पढ्न लागिरहेका खुशी डंगोलले सधै अरुको भर नपरिकन आफुले केहि चेन्ज गरिदेखाउनु सक्नुपर्छ “उनले बताइन् । आफुले खेलमा तिब्र इच्छा छ गर्छु भनेर पनि पुग्दैन भेरी फ्यामली सपोर्त पनि उत्तिकै हुनु पर्यो नि! त्यसमाथी फिटनेस आफुले मात्रै मेन्टेन गर्न सक्दैन अझ क्रीकेटमा लागेको लाई बल,ब्याट पन्जा मिडलक्लास फ्यामलिले पुरा गर्न गाह्रो छ”- उनले भनिन् ।
    बुबाले पहिला पढाईलाई पुरा गर्न भन्नु भएको छ ।जब मैले क्रीकेटमा अलि प्रगति हासिल गरे वहाँहरु पनि निक्कै खुशी हुनुहुन्छ -” उनि भन्छिन।” मैले क्रीकेट खेलको विकास र बिस्तारलाई ध्यान दिने छु । आफुले सक्दो क्रीकेटमा राम्रो गर्ने छुँ । जहाँ खेल हुन्छ म क्रीकेटलाई निरंतरता दिनेछु । खुशीले स्पोर्ट्स म्यानेजमेन्ट पनि पढ्ने इच्छा भएको पनि बताइन् ।” म क्रीकेटबाट टाढा रहन सक्दिनँ उनि भन्छिन्।
    क्रीकेटबाट जुन माया र नाम पाएको छु त्यो अरु क्षेत्रमा लागेको भए सायदै पाउथें होला । क्रीकेट मेरो लागि एक परिवारको रुपमा रहेको छ । यसले मलाई अगाडी बढ्न धेरै मदत पुगेको छ । मैले क्रीकेट बाहेक अरु जीवनमा केहि पनि सोचिन । क्रीकेट बिना मेरो जिन्दगी पूरा हुन पनि सक्दैन । मलाई यस अवस्थामा पुर्‍याउन विशेष सहयोग पुर्याउनुहुने मम्मी ड्याडी ,मेरो दिदि ,भाइ,मेरा आफन्तहरु, सम्पुर्ण गुरुहरु र नेपाल महिला क्रीकेट टिम र नेपाल क्रीकेट संघलाई विशेष धन्यवाद दिन चाहान्छु ” खुशीले टाेखा लाइभलाई बताइन् ।
    यसरी आफ्नो भविस्यको दाउमा राखेर खेलकुद मार्फत राष्ट्रको प्रतिनिधित्व गरिरहेका खेलाडीहरुको भविस्य सुनिस्चित गर्न सम्बन्धित निकायको ठोस योजना लिएर आउन आवश्यक छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै