‘ हुने विरुवाको चिल्ला पात ‘भने जस्तै बुबा साहिला डंगोल र आमा अष्टमाया डंगोलको कोखबाट काहिंली छोरोको रुपमा २०५८ मंसिरमा जन्मिएकि हुन् सुमित्रा डंगोल।पढाईमा लगनशील सुमित्रा सानैदेखि मिलनसार र असल स्वभावकि थिइन।सुमित्रालेआफ्नै जन्मथलो टाेखाकै श्री सरस्वती उच्च मा.वि.कक्षा ८मा पढ्दै गर्दा १४ वर्षको उमेर देखिन सेपाकताक्रो खेलमा डुबुल्की मारेकी थिइन् ।सेपाकताक्रो खेल नेपालमा ब्रीतिश आर्मिले सुरु गरेको खेलकुद नेपालमा भने धापासिको तिलिङ्तार र टाेखामा सरस्वती उच्च मा.बि.बाट भएको थियो। त्यही स्कुल देखि निरन्तर सेपाकताक्रो खेलकुदमा लागेको भएर आज सुमित्रा डंगोल संग आज धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकले नै भन्छ उनी राम्रो सेपाकताक्रो खेलाडी हुन् ।
‘भनिन्छ भाग्यको बारेमा केही पनि नसोच्नु र विश्वास पनि नगर्नु किनकी भाग्य भन्नु नै कडा परिश्रम,
मिहेनत र मौकाको पहिचान हो । ‘सुमित्राले सरस्वती उच्च मा.बि.८ मा पढ्दै गर्दा पहिलो पटक देशकै ठुलो प्रतियोगिता नेपाल सेपाकताक्रो संघद्वारा आयोजित’ दोस्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता २०७१’ फागुन ३-५ सम्पन्न भएको उक्त प्रतियोगितामा खुल्ला महिला रेगु तर्फ कास्य पदक हासिल गरि प्रमुख अतिथि तत्कालीन खेलकुद मन्त्री पुरूषाेत्तम पौडेलको हातबाट प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
त्यससँगै २०७२मा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुमित्रा डंगोलले मध्यमाञ्चलबाट सहभागिता जनाइ कास्य पदक प्राप्त गरेपछी उनले अब सेपाकताक्रोमा केही गर्नैछ भने किन पछि हट्ने उनले पछि कडा मेहनत गरिन।मेहनतको फल मिठो हुन्छ भने झै भयो पनि त्यस्तै ‘दक्षिण एशियाली सेपाकताक्रो संघ’को आयोजनामा श्रीलंकाको कोलम्बो मा सन,२०१मा आयोजित’ दोस्रो सेपाकताक्रो च्याम्पियनसिप २०१७’मा सुमित्राले नेपालको तर्फबाट सहभागी भै महिला डबल र रेगुमा रजत पदक हासिल गरेकी छिन।
सुमित्रालाई राष्ट्रिय खेलकुद परिषद्ले श्रीलंकाको कोलम्बोमा’दोस्रो दक्षिण एसियालि सेपाकताक्रो च्याम्पियनसिप २०१७’मा राष्ट्रलाई रजत पदक दिलाएर राष्ट्रको गरिमा बढाउनु भएको भन्दै २०७३/२०७४को खेलाडी प्रोत्साहन पुरस्कार’बाट सम्मानित पनि गरेको थियो।त्यति बेला उनले आफ्नी स्व.आमालाई सम्झिएको बताइन् ।
त्यसपछि झन राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित ‘राखेप च्याम्पियनसिप २०७४’मा सुमित्राले मध्यमाञ्चलबाट सहभागीभै महिला रेगु तर्फ स्वर्ण पदक हासिल गर्दा जिवनकै अविस्मरणीय क्षण भएको बताइन् ।
नेपाल सेपाकताक्रो संघद्वारा आयोजित’ प्रथम खुल्ला नेपाल सेपाकताक्रो प्रतियोगिता २०७४ ‘मा सुमित्राले महिला रेगु तर्फ स्वर्ण पदक हासिल गर्दा ऊनीलाई अतिथि राखेप सदस्यसचिव केशरकुमार विष्ट र नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्र प्रसाद गुरुङले प्रमाणपत्र शिल्द प्रदान गरेका थिए।
हाल रत्नराज्यलक्ष्मी क्याम्पस ब्याचलर BSWमा दोस्रो
वर्ष अध्ययन गरिरहेकि सुमित्राले खेलकुदको साथसाथै पढाई लाई पनि अघि बढाई रहेकी छिन।यो समाजमा प्रायः केटी मान्छेहरुलाई खेल्न पठाउदैन।मानिसहरू भन्ने गर्द्थे केटी भएर पनि कोहि खेल्छ? के केटीहरुको खेल्न मन हुँदैन ?ऊनीले प्रतिप्रश्न गरिन।हो नि केटीको पनि मन हुन्छ ,खेल्न।सायद मेरो बुबाले पनि केटी भएर खेल्नु हुन्न्न भनेर खेल्न नपठाएको भए म आज देश बाहिर गएर खेल्न पाउदिन थिइ होला!बुबाले नै खेल्नुपर्छ भनेर सधैं सकारात्मक भावनाअनुरूप आज यो धरातलमा उभिएकि हुँ।”उनले बताइन
सुमित्रालाई राखेप च्याम्पियनसिप २०७४मा समावेश खेलहरु मध्य सेपाकताक्रो खेलमा उत्कृष्ट हुन सफल भएको आधार मान्दै सुमित्रा डंगोललाई प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईस्वर पोखरेलले रु १५००० नगद सहित सम्मान- पत्र प्रदान गरेका थिए।
नेपाल सेपाकताक्रो संघद्वारा आयोजित’तेस्रो दक्षिण एसियालि सेपाकताक्रो च्याम्पियनसिप 2018’मा नेपालको तर्फबाट सहभागी भै महिला रेगुतर्फ रजत पदक हासिल गरेकि थिइन,भने सुमित्रा डंगोललाई नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्र प्रशाद गुरुङ ले सो पदक प्रदान गरेका थिए। सेपाकताक्रो खेलमा सुमित्रा डंगोललाई मन पर्ने अन्तर्राष्ट्रिय खेलाडी चै थाइल्यान्डका प्रोङ्चाइ हुन ।
सुमित्रा ङगोलले ‘नेपाल सेपाक ताक्रो संघ (NSA) ‘र’ नेपाल खेलकुद बिज्ञान एकेडेमी (SSAN) ‘को ?संयुक्त आयोजनामा काठमाडौं संचालन भएको १३औं – १८औं फ्रेबवरी २०१९ मा भएको सैद्धान्तिक र ब्यबहरिक परिवारमा सेपाकताक्रो कोचिङ कोर्स मा ‘A’ लेवल पनि प्राप्त गरेकि छिन् ।सुमित्रा डंगोललाई राष्ट्रिय सेपाकताक्रो खेलमा मन पर्ने खेलाडी सोममाया थापामगर भएको बताएकि छिन।
राखेपले आयोजना गरेको अाठौं राष्ट्रिय खेल्कुद प्रतियोगितामा सुमित्रा डंगोलले नेपाल सेनाबाट महिला रेगु र डबल तर्फबाट स्वर्ण पदक हासिल गरेकी छिन।सुमित्रा ङगोलले आफू नेपाली राष्ट्रिय सेपाकताक्रो खेलाडी भएर देश बिदेश समेत अफ्नो मुलुक अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको योगदानलाई कदर गर्दै हाम्रो ठाँउ एतिहासिक सान्स्कृतिक धरोहर टाेखा नगरपालिकाले उहाँ जस्ता प्रतिभालाई कदर गर्दै उचित सम्मान गर्न सकेको खण्डमा उहाँको खेल अझै अगाडि बढ्नेनै छ भन्नेमा दुइमत छैन।”
राष्ट्रिय सेपाकताक्रो खेलाडी सुमित्रा डंगोलसंग सानुराज डंगोलले गरेको कुराकानीमा आधारित।