•            
    • TOKHA LIVE

    • १७ असार २०७७, बुधबार ११:५८

    मेस्सीको ७ सय गोल पूरा


    टाेखा लाइभ असार १७ काठमाडौं
    एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब र राष्ट्रको करीअरमा ७ सय गोल पूरा गरेका छन् । मंगलबार एटलेटीकोविरुद्ध खेलमा गोल गर्दै मेस्सीले ७ सय गोल पूरा गरेका हुन् ।

    मेस्सीले खेलको ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै करिआरको ७ सयौं गोल पूरा गरे । एटलेटिकोका फेलिपेले नेल्सन सेमेडोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले पनेंका चिप प्रहार गर्दै यान ओब्लाकलाई विपरित दिशामा पठाएपछि खेलमा बार्सिलोनाले अग्रता लियो ।
    हाल खेलिरहेका खेलाडीमा रोनाल्डोले मात्र मेस्सीलाई उछिनेका छन् । रोनाल्डोले १ हजार ३ खेल खेल्दै ७ सय २६ गोल गरेका छन् । मेस्सीले सानो उमेरदेखि नै बार्सिलोनाबाट खेल्दा रोनाल्डो भने विभिन्न क्लबबाट खेलेका छन् । उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलेका छन् ।

    मेस्सीले ८ सय ६० खेल खेल्दै यो उपलब्धि हासिल गरेका हुन् । रोनाल्डोले भने झन्डै १ सय खेल बढी खेल्दै यो कीर्तिमान आफ्नो नाम गरेका थिए ।
    गत साता मात्र ३३ वर्ष पुगेका मेस्सीले ७ सय मध्ये ७० गोल अर्जेन्टिनाको जर्सीमा गरेका छन् । बार्सिलोनाका लागि भने उनले ६ सय ३० गोल गरेका छन् । मेस्सीअघि क्रिस्टियानो रोनाल्डोले पनि यो उपलब्धि हासिल गरेका थिए ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै