टाेखा लाइभ असार १५ काठमाडौं – इन्डोनेसियामा व्यवसायिक लिग खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द स्वदेश फर्केका छन् । मार्चदेखि स्थागित लिग वान तत्काल नहुने भएपछि रोहित शुक्रबार राती स्वदेश फर्केको उनका दाजु रविनले जानकारी दिएका छन् ।
नेपाल आउनु अघि रोहितले कोरोनाको पिसिआर परिक्षण गराएको र त्यसको नतिजा नेगेटिभ रहेको पनि उनले बताए । रोहित १४ दिन सेल्फ क्वारिन्टनमा बस्ने पनि रविनले जानकारी दिए । ‘अक्टुबर सम्ममा लिग वान सञ्चालन हुने र सञ्चालन हुँदा कुन मोडलमा हुने कुनै तय छैन । त्यसैलाई भाईलाई घरमा फर्कन भन्यौं,’ रविनले भने, ‘अब इन्डोनेसियामा कस्तो निर्णय हुन्छ त्यसका आधारमा रोहित जाने विषयमा निर्णय गर्छौ ।’
यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि विश्वकप छनोटको तयारी सुरु गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत अनुमति लिने प्रयास थालेको छ । असोजमा विश्व कप छनोट खेल दशरथ रंगशालामा हुँदैछ । कोभिड १९ का कारण स्थगित विश्व कप छनोट असोजबाट गर्ने एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ तालिका सार्वजनिक गरेको थियो ।
रोहित पर्सिजा जार्कातामा आबद्ध छन् । दुई वर्षअघि उक्त क्लबले इन्डोनसियाको लिग जितेको थियो । त्यति बेला रोहित लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । फेब्रुअरीबाट सुरु भएको लिग केहि चरणका खेल आयोजना भएसँगै स्थागित भएको थियो ।
पर्सिजाले यो सिजन २ खेलमा १ जित र अर्कोमा हार बेहोरेको थियो । रोहित झन्डै एक दशक देखि देशबाहिर व्यावसयिक फुटबल खेल्दै आएका छन् ।स्रोत :हाम्रो खेलकुद