•            
    • TOKHA LIVE

    • १२ असार २०७७, शुक्रबार २१:५५

    नेपाल फुटसल व्यवसायी संघले ज्ञापन पत्र बुझायाे।

    टाेखा लाइभ,असार १२ काठमाडौं नेपाल फुटसल व्यवसायी संघले फुटसल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने मागसहित काठमाडौं जिल्ला प्रशासनमा हिजो ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष राज महर्जनको नेतृत्वमा बुधबार गएको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।
    कोरोना भाइरस कोभिड १९ का कारण सरकारले चैत ११ गते हालसम्म सरकारले अहिले पनि खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिएको छैन । त्यसकारणले फुटसल व्यवसाय चरम आर्थिक संकटमा परेको संघले दाबी गरेका छ ।सरकारले खेलकुद गतिविधिका लगि कुनै पहल गरेको नदेखिएकोले फुटसल व्यवसाय तत्काल सञ्चालनको प्रबन्ध गरिदिन संघले जिल्ला प्रशासनलाई आग्रह गरेको छ । फुटसल सञ्चालकलाई विद्युत महसुस, जग्गा भाडा, बैंकको ब्याज र कर्मचारीको पारिश्रमिक र दैनिक खर्चका लागि कठिनाई भएको पनि संघले उल्लेख गरेको छ ।
    फुटसल सञ्चालनका लागि अनुमति दिइएमा संघले मैदान परिसरमा प्रवेश गर्नुअघि खेलाडीको तापक्रम जाँच, साबुन पानीको व्यवस्था, सेनिटाइजर, बाथरुमको उचित व्यवस्थापन, कर्मचारीको स्वास्थ्यमा विशेष ध्यान दिनुका साथै फुटसल मैदानमा बढीमा १० जनालाई मात्र प्रवेश गराउने प्रतिबद्धता जाहेर गरेको छ । पछिल्लो केहि बर्षयता राजधानीसहित मुख्य सहरहरुमा सयौंको संख्यामा फुटसल सञ्चालनमा छन्।
    फुटसल मैदानको माध्यमबाट बृद्ध, युवा, अपाङ, बालक तथा अन्य सबैको लागि मानसिक शारीरिक तन्दुरस्ताका साथै मनोरञ्जन, मित्रता, अन्तर्राष्ट्रिय पहिचान, राष्ट्रियता कायम गर्न मद्दत पुगेको संघले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै