•            
    • TOKHA LIVE

    • १ असार २०७७, सोमबार २१:०७

    नेयमारको रंगीन दुनियाँ:-

    एजेन्सी/ विश्व फुटबलको माथिल्लो स्तरमा नामी क्लबका लागि खेल्नुपर्छ, खेलाडीले कति कमाउँछन् भने हिसाब गरेर साध्य हुँदैन । खेलाडीले खर्च गरेर सक्दैनन्, यो कमाइ । तर, सबैले त्यत्तिकै खर्च भने गर्दैनन्, केही त चुपचाप साधारण जीवन नै बिताइरहेका हुन्छन् । नेयमार भने यस्ता खेलाडी होइनन् । विश्व फुटबलमै सर्वाधिक कमाउने खेलाडीमा उनको नाम आउँछ, अनि मोजमस्तीमा धेरैभन्दा धेरै खर्चनेमा उनी जत्तिको त विरलै होला ।

    खासमा नेयमार भन्ने खेलाडी नै अरूभन्दा फरक छन् । प्राय: विवादमा परिरहने खालका खेलाडी हुन्, यी । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जत्तिकै खेलाडी हुन भनेर पनि उनको नाम लिइन्छ । यी दुवैको तुलनामा नेयमार बढी नै बिन्दास पाराका छन् । मैदान बाहिर गर्ने उनका प्रत्येक हरकतले देखाउँछ, कति वास्तवमै कस्ता हुन भनेर । कोरोना भाइरस संक्रमणको महामारीले विश्व फुटबल ठप्प हुँदा पनि उनको चर्चा उत्तिकै रह्यो, त्यो पनि फरक कारणले ।
    नेयमार आफ्नी आमा नादिने गोनक्लाभेससँग निकै नजिक छिन् । उनलाई मामा’ज ब्वाइज पनि भन्ने गरिन्छ । अचेल उनकी आमा नेयमारका बुबासँग छुटेर बसेकी छिन् । उनीहरूको २५ वर्ष लामो वैवाहिक जीवनमा पूर्ण विराम लागेको चार वर्ष भयो । यसै क्रममा सुरुमा समाचार आयो, नादिने २२ वर्षीय मोडल थिएगो रामोसको प्रेममा छिन् । उनीहरू वास्तवमै कति धेरै नजिक छन् भनेर इन्स्ट्राग्रामा तस्बिर पनि हालिन, नादिनेले ।

    नेयमारलाई यो सम्बन्धमा कुनै पनि आपत्ति पनि रहेन, उल्टै–उल्टै खुलेर त्यसको समर्थन गरे । त्यसैले उनले सामाजिक सञ्जालमा लेखिहाले, ‘खुसी हुनु आमा, धेरै माया ।’ रामोस आफैं नेयमारका जबरदस्त प्रशंसक हुन् । नेयमारको खेल भने हुरुक्क हुने खालका । सन् २०१७ मा उनले नेयमारलाई एउटा सन्देश पठाएका रहेछन्, आफू उनका भाइ जस्तै हुन भनेर । उन पनि उनी नेयमार भन्दा उमेरले छ वर्ष कान्छा छन् । यस्तोमा हुने त भाइ नै त हो ।

    हालै मात्र बाहिर आएको त्यो पूरा सन्देशमा रामोसले लेखेका छन्, ‘नेयमार उत्कृष्ट खेलाडी हुन् । उनीबारे मेरो भावना कस्तो छ भनेर एउटा प्रशंसकका रूपमा भन्न नै सक्दिनँ । जति बेला नेयमारको खेल हेर्छु, म खुबै भाव विभोर हुन्छु । कुनै दिन एउटा भाइका रूपमा नेयमारसँग फुटबल खेल्ने इच्छा छ । मलाई पूरा विश्वास छ, कुनै दिन मैले नेयमारलाई भेट्ने छु । मेरो यो इच्छाका सपना जस्तै हो, जुन पूरा गर्न म लागि पर्नेछु । फेब्रुअरीमा नेयमारले आफ्नो जन्मदिन भब्य रूमा मनाएका थिए, अरूको आँखा जाने गरेर । त्यस बेला उनीहरूले खिचेको तस्बिर पनि अहिले बाहिर आएको छ । तर, जति बेला रामोस साँच्चै नेयमारको नजिक भए, उनको भूमिका भाइका रूपमा रहेन । बरु रह्यो त, उनकी आमाको प्रेमिकाका रूपमा । पूरा कथा यत्तिकैमा टुंगिन । नेयमारकी ५२ वर्षीया आमाले आफ्नो प्रेमबारे बताएको १३ दिनपछि नै अर्को समाचार आयो र त्यो थियो, उनले रामोसलाई छाडिन् ।
    नादिनेले आफ्नी प्रेमिकाको इतिहास थाहा पाएपछि एकै छिन पनि आफ्नो दरवार जस्तो भब्य घरमा राखिनन् र धकेलेर बाहिर पठाइन् । भएछ केभन्दा रामोसको यसअघि केही पुरुषसँग सम्बन्ध रहेछ । उनको पुरानो सम्बन्धबारे ब्राजिली मिडिया समाचारको भेल आएको छ,, त्यसअनुसार रामोस हाँस्य कलाकार कार्लिन्होस माइयासँगको सम्बन्धमा थिए । भनिन्छ, रामोस महिलामा मात्र होइन, पुरुषमा पनि उत्तिकै रुचि राख्थे, यो नेयमारको आमालाई पटक्कै मन परेन् ।

    पछिल्लो घटनाक्रमबारे भने नेयमारले कुनै प्रतिक्रिया दिएका छैनन् । यो सबै समाचारबीच नेमायरको बुबा कता छन्, त्यो पनि बाहिर आएको छैन । नेयमार आफ्नो आमासँग जति नजिक छन्, बुबासँग पनि उत्तिकै नजिक छन्, भलै उनीहरू एकआपसबाट छुटिसके । तर, एउटा तथ्य के हो भने नेयमारलाई एउटा सफल फुटबल खेलाडी बनाउनेमा सबैभन्दा बढी कसैको भूमिका छ भने त्यो उनी नै हुन् । नेयमारको बुबाको नाम पनि नेयमार नै हो ।

    नेयमार सिनियर पनि कुनै जमानामा फुटबल खेलाडी थिए । ब्राजिलमा यस्ता फुटबल खेलाडी लाखौं हुने गर्छन् भनिन्छ । त्यसैले उनको खेल जीवनले खासै उचाइ लिएन, तर उनले एउटा प्रण गरेका थिए, आफ्ना छोरालाई विश्व फुटबलको शिखरमा पुर्‍याउने । उनले यो काम भने पूरा गरे । भनिन्छ, नेयमारका प्रत्येक फुटबल निर्णयमा उनको बुबाको नै सबैभन्दा बढी हात हुन्छ । अझ भनौं, नेयबारबारे प्रत्येक फुटबल निर्णय उनकै बुबाको तर्फबाट हुन्छ ।

    नेयमारले ब्राजिल छाडेर पहिलोपल्ट युरोप आउँदा यो स्थानान्तरण खुबै चर्चित बनेको थियो । बार्सिलोना र रियल म्याड्रिड दुवै उनको पछाडि थियो । तर, नेयमारले बार्सिलोना रोजे र यसको एक मात्र कारण उनका बुबाले बार्सिलोला नै रोजे । ब्राजिलको सान्तोस क्लबमा उनलाई पुर्‍याउन काम पनि बुबाले नै गरेका थिए । नेयरमाले पछि बार्सिलोना छाडेर विश्व कीर्तिमान रकममा पेरिस सेन्ट जर्मेन (पीएसजी) गए । त्यसमा पनि नेयमार सिनियरको निर्णायक हात थियो ।

    नेयमारको एउटी दिदी पनि छिन् र उनीसँगको पनि उनको उत्तिकै नजिकको सम्बन्ध छ । त्यसैले त नेयमारको दायाँ पाखुरामा राफेलाको ट्याटो छ, अनि राफेलाको बायाँ पाखुरामा नेयमारको ट्याटु छ । यी दिदीको जन्मदिन मार्च ११ मा पर्ने रहेछ र यसलाई परिवारले सुरुदेखि नै खुबै धुमधामले मनाउने रहेछ । संयोग कस्तो रहेको छ भने यो जन्मदिनको वरिपरि प्राय: नेयमार घाइते हुने गर्छन्, त्यसैले मैदान बाहिर हुने गर्छन् ।

    त्यसैले उनले धेरै अवसरमा आफ्नी दिदीको जन्मदिन मनाउने अवसर पाएका छन्, फुटबल मैदानबाट धेरै टाढा रहेर । राफेला पनि ब्राजिलमा उत्तिकै चर्चित छिन् । उनी खासमा मोडल हुन् र इन्स्ट्राग्रामा उनको फलोअर ५० लाख छ । जसरी नेयमारको फुटबल जीवनमा उनका बुबाको निर्णायक भूमिका छ, त्यसरी नै नेयमारको मैदान बाहिरको व्यक्तिगत जीवनमा भने दिदीको भूमिका छ । रह्यो, आमाको प्रसंग, नेयमार आफ्नी आमासँग पनि उत्तिकै नजिक छन् । गज्जब छन्, नेयमार आफैं ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै