•            
    • Sanu Raj Dangol

    • ६ असार २०७८, आईतवार ०८:४४

    लण्डनको एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडरमा अन्तराष्ट्रिय खेलाडी अनिता महर्जन नियुक्त

    टाेखा लाइभ डट कम /असार ६ काठमाडौं

    अन्तराष्ट्रिय खेलाडी अनिता महर्जन लण्डनको एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् ।
    एरोविकले महर्जनलाई ३ बर्षका लागि नेपालका लागि एम्बेसडरमा नियुक्त गरेको हो । एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ ।एरोविक टेबलटेनिस नवखेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो ।
    लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रो ९ले स्थापना गरेका हुन् ।

    खेलाडीहरुलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै साँगितिक धुनको तालमा खेलाडीहरुलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरुले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । टेबलटेनिसमा रिदम र टाईमिङ्ग महत्वपूर्ण हुन्छ । यसलाई संगितसंग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्धत पुग्छ । एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो ।
    जुलाई १५ मा एरोविक टेबलटेनिसका प्रमुख कार्यकारी स्टिभ नेपाल भ्रमणमा आउने र नेपाली खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्बल स्थापना गरि बच्चाहरुलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आईरहेकी छिन् । ब्यक्तिगत रुपमा महिला उद्यमीको रुपमा उनको कार्यलाई नियाली रहेको अन्तराष्ट्रिय टेबल टेनिस महासंघले उनको कार्यको मुल्याङ्कन गर्दै बिश्व टेबलटेनिस डेको अवसरमा आफ्नो जर्नलमा महर्जनको बारेमा लेख समेत प्रकाशित गरेको छ । नेपालीहरुलाई यति महत्व प्रदान गर्दै आफ्नो जर्नलमा लेख प्रकाशित गर्नुले बिश्व खेल जगतमा नेपाल र नेपालीको ईज्जत बढ्नुका साथै नेपालमा खेलकुदको विकास र विस्तारलाई नजिकबाट नियाल्दै उच्च महत्वमा राखेको देखिन्छ ।

    नेपालमा टेबलटेनिसको विकास गर्ने उद्धेश्यले विगत १५ बर्ष देखि लागि परेकोमा एप्रिल ६, २०२१ बिश्व टेबलटेनिस डेको अवसर पारि क्बल स्थापना गर्दै आफ्नो सपना साकार पारेकी छिन् । हाल क्लबमा तीन टेबलटेनिस बोर्ड रहेको छ भने १५ बालबालिकाले प्रशिक्षण लिई रहेका छन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै