•            
    • Hikmat Dangol

    • ६ असार २०७८, आईतवार ०८:०३

    पोर्चुगलमाथि जर्मनीको सानदार जित

    टोखा लाइभ ।२०७८ असार ६ गते

    काठमाडौं । युरो च्याम्पियनशिप २०२० मा जर्मनीले पोर्चुगललाई हराएको छ । शनिबार राती भएको खेलमा जर्मनीले साविक विजेता पोर्चुगललाई ४-२ गोल अन्तरले हराउँदै नकआउट चरणतर्फ अग्रसर भएको छ। पोर्चुगलका दुई जना खेलाडीले आत्मघाती गोल गरेका थिए । जसकारण जर्मनीको जित सम्भव भएको हो । पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो, डियगो जोटाले गोल गरे । तर रुबेन डायस र राफेल गुरेरियोले आत्मघाती गोल गर्दा पोर्चुगललाई गम्भीर धक्का पुग्यो ।

    जर्मनीका लागि केई हार्भट्ज र रोबिन गोसेन्सले गोल गरे । जितपछि जर्मनीको दुई खेलबाट तीन अंक भएको छ । पोर्चुगलको पनि समान तीन अंक नै छ । गएराती नै हंगेरीसँग बराबरीमा रोकिएको फ्रान्स भने चार अंकसहित समूह एफ को शीर्ष स्थानमा छ । अब अन्तिम खेलमा जर्मनी, पोर्चुगल र फ्रान्समध्ये कुन टिम नकआउट चरणमा पुग्ने भन्ने टुंगो लाग्नेछ ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै