•            
    • TOKHA LIVE

    • ५ असार २०७८, शनिबार १७:१३

    नेपालमा ओलम्पिक डे मनाइयो:-

    टाेखालाइभ/असार ५,काठमाडौं ।

    नेपाल ओलम्पिक कमिटीको तत्वावधान तथा स्पोर्टस फर अल कमिसनको आयोजनामा आह शनिबार ओलम्पिक डे २०२१ मनाइएको छ । कमिटीको सातदोबाटो स्थिति मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक डे मनाइएको हो । त्यस अवसरमा युवा तथा खेलकुद मन्त्री माननीय एकबाल मियाँले नेपालको भण्डा झण्डोत्तोलन गर्नु भएको थियो ।


    यस्तै कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गर्नु भयो । त्यसै अवसरमा मन्त्री माननीय मियाँ र अध्यक्ष माननीय श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस पनि भएको थियो।

    त्यसपछि आयोजित मुख्य कार्यक्रममा कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्त्वबारे प्रकाश पार्नु भएको थियो । अध्यक्ष श्रेष्ठले त्यस अवसरमा ओलम्पिक डेको आयोजनामा नेपाली खेलकुद र समग्र समाजमै भातृत्व र शान्ति बढ्ने बताउनु भयो । यस्तै मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामुहिक प्रयास आवश्यक भएको र आफू नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताउनु भयो ।


    कार्यक्रममा गायन पनि प्रस्तुत गर्नु भएको थियो । त्यस अवसरमा कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य तथा महासचिव निलेन्द्र श्रेष्ठको उपस्थिति थियो । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । यसपल्ट कमिटी, यस मातहतका विभिन्न संघ संस्थाले २ सय ३१ कार्यक्रम पनि गर्नेछन् ।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै