टाेखा लाइभ,जेठ १५ / संक्रमित दुई पुरूष बारेमा सामाजिक संजालमा अफवाह फैलिए पछि टोखा नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गरेर कोरोना भाइरस संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परिक्षण गरिएको सूचना आज जारी गरिएको छ।
यही हप्तामा टोखा नगरपालिकाको वडा नं ६ टोखा बजार जाने उकालो नजिक र वडा नं ३ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा पर्ने २ जना (वडा नं. ३ का २७ वर्षका पुरुष र वडा नं. ६ का ४१ वर्षका पुरुष) को PCR परिक्षणबाट कोरोना भाइरस पोजिटिभ आएको थियो।तसर्थ, सो व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी PCR नमुना संकलन गरी केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको टोखा नगर प्रमुखले जानकारी गराउनु भयो। ।