टाेखा लाइभ,जेठ १५ काठमाडौं : नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुर महानगरपालिका वडा नम्बर २२ का एक जना पुरुषको कोरोनाका कारण किस्ट अस्पतालमा मृत्यु भएकोले अहिले किस्ट अस्पतालमा उच्च सावधानी अपनाइएको चिकित्सक र नर्सहरुलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।