टाेखा लाइभ मंसिर ३ काठमाडौं :
नेपालमा पछिल्लो २४ घन्टामा थप १४४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ९१७ पुगेको छ ।
कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १२५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा थप ३५३८ संक्रमित जना निको भएका छन् भने हालसम्म १ लाख ८२ हजार ७८० जना निको भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।