•            
    • Sanu Raj Dangol

    • १३ जेष्ठ २०७७, मंगलवार ०९:३३

    १४ जना आरडिटी पोजेटिभ सहित १ सय ६५ जनामा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ ।

    लावण्य/साँखु । शंखरापुर नगरपालिकामा १४ जना अारडिटी पोजेटिभ सहित १ सय ६५ जनामा गरिएको पिसिअार  परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएकाे छ।यो संगै हाललाई शंखरापुर नगरपालिका कोरोना संक्रमित नभएकाे भन्न सकिने भएकाे छ। यही जेष्ठ ८ गते बिहिवार साँखुमा २ सय ९० जनाको अारडिटी परीक्षण गर्दा १४ जनामा पोजेटिभ देखिए पछि शुक्रबार उनीहरु सहित लकडाउनका क्रममा अग्र भागमा खतिएका जन प्रतिनिधि , स्वास्थ्यकर्मी, कर्मचारीहरु र पत्रकारहरु गरि १ सय ६५ जनाको P.C.R परिक्षण गरिएको हाे ।त्यसै गरि क्वारेन्टाइनमा बसि रहनु भएका १४ जनालार्इ अाजै  अाफ्नाे घरमा पठार्इ दिने जानकारी शंखरपुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले दिनु भयाे ।नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भैरहेकोले सावधानी अपनाउन मेयर श्रेष्ठले नगरबासीमा अपिल गरेका छन भने केही गरि शंखरापुरमा कोरोना संक्रमण फैलन नदिन नगरपालिकाले तयारी गरि रहेको बताउनु भएकाे छ ।
    १३ जेष्ठ २०७७, मंगलवार लावण्य सन्देशमा प्रकाशित

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै