टाेखा लाइभ,जेठ १२
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
निमोनियाको समस्या देखिएर जेठ २ गते भर्ना भएका बृद्धको चार गते अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएका वृद्धसहित नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।